डेनमार्कको फुटबल एशोसिएसनले क्रिस्टियन एरिक्सन होसमा रहेको र डेनमार्कको ठूलो मध्ये एक रहेको रिग्सहस्पिटालेटमा उपचार भइरहेको जानकारी दिएको छ । खेलाडीहरुलाई एरिक्सनको स्वास्थ्य अवस्था ठीक रहेका जानकारी दिएपछि फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने पनि एसोसिएसनले जानकारी दिएको छ । शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका थिए । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।तत्