सामन्थाको सन्देश : लोकतन्त्रमा जोड र आर्थिक सहायतामा वृद्धि

लोकतन्त्र सुदृढीकरण र आर्थिक सहयोग बढाउने प्रतिबद्धता गर्दै नेपालको दुईदिने भ्रमण सकेर अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर बुधबार बेलुकी फर्केकी छन् ।

सम्बन्धित सामग्री

आर्थिक वृद्धि ३.१ प्रतिशत : आईएमएफ

काठमाडौं। चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत रहने अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । आईएमएफ मिशन चिफ टिडिएन किन्डाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिए । आर्थिक वृद्धि बढाउन सरकारले पूँजीगत खर्चको गुणस्तरमा सुधार गर्दै त्यसमा खर्च बढाउनुपर्ने उनको भनाइ छ । ‘सरकारले राजस्व बढाएर र सस्तो ब्याजदरमा सहुलियतपूर्ण कर्जा लिएर पूँजीगत खर्च बढाउनुपर्छ,’ किन्डाले भने, ‘पूँजीगत खर्च बढाउने लामो प्रक्रिया हुन्छ । त्यसमा अहिलेको सरकारले सकारात्मक प्रयास गरिरहेको छ ।’ सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई संरचनात्मक सुधारको अवसरका रूपमा प्रयोग गर्दै आर्थिक वृद्धिको बाटो खोल्नुपर्ने टिन्डाले बताए । पर्यटन क्षेत्रमा भएको सुधार, विप्रेषण आप्रवाहमा भएको वृद्धि र लचिलो मौद्रिक नीति बनाउँदासमेत बैंक, वित्तीय संस्थाको कर्जा लगानी बढ्न नसकेको किन्डाले बताए । ‘कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालको कर्जा विस्तार उच्च थियो । बैंकहरूको निष्क्रिय कर्जा बढेको छ । तर पनि नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएपछि चालू पूँजी प्रकृतिको कर्जा घट्नु र टर्म कर्जा बढ्नु सकारात्मक छ,’ किन्डाले भने, ‘अहिले राष्ट्र बैंकले ऋणीलाई दिएको सुविधालाई हामीले ट्रान्जिशनको रूपमा हेरेका छौं । आगामी दिनमा राष्ट्र बैंकले सम्पत्ति वर्गीकरण मापदण्ड र चालू पूँजी कर्जासम्बन्धी मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्नुपर्छ । आईएमएफले सरकारले कर प्रणालीमा सुधार गरेर राजस्व बढाउनुपर्ने र राष्ट्र बैंकले तथ्यांकमा आधारित मौद्रिक नीति बनाउनुपर्नेमा जोड दिएको छ । उसले सहकारीलाई नियमनको दायरामा ल्याउन पनि सुझाव दिएको छ । अहिले आईएमएफको कर्मचारी तहको टोली औपचारिक मूल्यांकन गर्नुभन्दा पनि सरकारले कसरी काम गरिरहेको छ भन्ने हेर्न आएको किन्डाको भनाइ छ । अहिलेको भ्रमणमा आईएमएफले नेपालको माइक्रोइकोनोमीको विषयमा छलफल गरेको र ईसीएफका शर्तहरूको प्रगति विश्लेषण गरेको उनले बताए ।

१० वर्षअघिको आर्थिक अभियानबाट : टिक्न कठिन आर्थिक वृद्धि

एशियाली विकास बैंकको प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत हुनेछ । अघिल्लो वर्षको तुलनामा यो वृद्धिदर १ प्रतिशत बढी हो । यद्यपि, यो वृद्धिदर स्थिर हुन सक्ने देखिएको छैन । कृषि तथा सेवाक्षेत्रको वृद्धिका कारण मात्र मुलुकको आर्थिक वृद्धिदर बढेकाले सन् २०१३ मा पुन: ४ प्रतिशतमा ओर्लने एडीबीको प्रक्षेपण छ । त्यसैले यो आर्थिक वृद्धिदरलाई स्थिर बनाएर बढाउँदे लैजाने हो भने उत्पादनमूलक उद्योग–व्यवसाय स्थापनामा विशेष जोड दिनुपर्छ । मौसममा आधारित अधिकतम कृषिकर्म हुने हाम्रोजस्तो मुलुकमा कृषिको वृद्धिदर दिगो रहन सक्दैन । यो वर्ष मौसम राम्रो भएर कृषिक्षेत्रको उत्पादन राम्रो भयो । त्यस्तै सेवाक्षेत्रको वृद्धि पनि स्थिर रहँदैन । यस वर्ष डलरको मूल्य बढी र नेपाली रुपैयाँ कमजोर भएकाले रेमिट्यान्स बढी भित्रिएको देखिएको छ । यही रेमिट्यान्सले सेवा व्यापार बढाएको हो । तर, रेमिट्यान्स घट्नेबित्तिकै सेवा क्षेत्रको वृद्धि पनि स्वाभाविक रूपले घट्छ । त्यसैले कृषि र सेवाक्षेत्रको वृद्धिले बढेको यो आर्थिक वृद्धिदरप्रति मख्ख पर्नुको कुनै औचित्य छैन । (सम्पादकीयबाट) वर्ष ६, अंक २१०, शुक्रवार, १ वैशाख, २०६९

आर्थिक कारोबारमा कम्पनीलाई कसियो

काठमाडौं– कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीमा हुने आर्थिक कारोबारसँग जोडिएका विषयमा कसिलो नीति ल्याएको छ । कार्यालयले सेयर बाँडफाँड, सेयर लगत, पुँजी वृद्धि, सेयर किनबेच तथा बकसपत्रबाट हक हस्तान्तरणजस्ता विषयमा आर्थिक अनुशासन र पारदर्शितामा जोड दिँदै नयाँ व्यवस्था गरेको हो । कार्यालयका अनुसार सेयरधनीले कम्पनीलाई सेयरबापतको रकम चुक्ता गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत चुक्ता गरेको हुनुपर्ने […]

रोजगारी सिर्जना गर्न सामूहिक लगानीमा जोड

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानीमार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । “आर्थिक विकास र समृचिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा […]

निर्यात वृद्धि गर्न कृषि र औद्योगीकरणमा जोड

नेपालको कुल गार्हस्थ्य उत्पादनमा एकतिहाइभन्दा कम अर्थात् २५ प्रतिशतजति योगदान कृषि क्षेत्रको भएकाले देशको आर्थिक वृद्धिदरको निर्धारण कृषिको उत्पादनमा निर्भर रहन्छ । देशको जनशक्तिको करिब ७१ प्रतिशत जनशक्ति कृषि क्षेत्रमा नै छ । तर, देशको आर्थिक वृद्धिमा कृषिको योगदान २५ प्रतिशत मात्र छ । नेपाली अर्थतन्त्रमा उद्योगको योगदान घट्दै गएको छ । सेवा क्षेत्रले कृषि […]

प्रदेश १ बजेट : आर्थिक वृद्धिदर बढ्ने अनुमान

काठमाडौँ,२ असार । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिएका छन् । प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउने सम्भावनाको ढोका खोल्ने प्रयास भएको बजेटमा प्रदेशले अवलम्बन गरेको […]

‘वनबाटै आर्थिक समृद्धि सम्भव’

सरोकारवालाले वन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जीडिपी) मा योगदान वृद्धि गर्ने किसिमका नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । ललितपुरको खुमलटारमा सञ्चालन भइरहेको सामुदायिक वनको सातौं राष्ट्रिय गोष्ठीमा बोल्दै सरोकारवालाले वन क्षेत्रबाट नै मुलुकको आर्थिक समृद्धि सम्भव रहेको भन्दै मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्न तथा वन क्षेत्रबाट जीडीपीमा योगदान वृद्धिमा जोड दिन आवश्यक […]

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सांसदहरुको जोड

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनीहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।  उनीहरुले मुलुक कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेकाले खाद्यान्न उत्पादनमा जोड दिन माग गरेका छन् । उनीहरुले खेतीयोग्य जमिनलाई प्लटिङमा परिणत हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याए । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनको सूचना पेश गरेका नेकपा (एमा

भारत र जापानका प्रधानमन्त्री बीच भेटवार्ता, आर्थिक र सांस्कृतिक सम्बन्धमा जोड

नयाँ दिल्ली । भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीचमा आर्थिक तथा सांस्कृतिक सम्बन्ध र सहकार्य वृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् । भारतीय […]

नेपाल र स्लोभेनियाबीच आर्थिक सम्बन्ध विस्तारमा काम गरौंः राजदूत घोषणा

भारत र नेपालका लागि स्लोभेनियाकी राजदूत मोताया बोदेब घोसले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिएको छ । नेपाल उद्योग परिसंघको पदाधिकारीसँगको भेटमा राजदूत घोसले नेपाल र स्लोभेनियाबीचको व्यापार वृद्धि गर्न सकिने क्षेत्रको पहिचान गरी आर्थिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएको हो ।उनले स्लोभेनियाले दीगो पर्यटनमा उदाहरणीय काम गरेको भन्नुहुँदै नेपालले पनि यसमा काम गर्न […]