अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले परम्परागत संस्कार चिर्न सफल भएको दाबी गरेका छन् । बजेट वक्तव्य लगत्तै सोमबार पत्रकार सम्मेलन गरेका अर्थमन्त्री शर्माले पहिलो पटक बजेट उत्पादन केन्द्रित, जन अपेक्षा अनुरुप तथा वर्तमान मागको आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको बताए । ‘बजेटको परम्परा के छ भने, मेरो क्षेत्रमा बजेट प¥यो कि परेन ?, कति पर्यो ? यस्तो चासो छ’ अर्थमन्त्री शर्माले भने, ‘वास्तविक बजेटले महत्व विकास निर्माणलाई, वास्तविक विकासलाई, रोजगारीलाई, शि