भीमदत्तको राजस्व सुधार कार्ययोजना तयार

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँचौं राजस्व सुधार कार्ययोजना तयार पारेको छ । नगरपालिकाले आन्तरिक आय तथा राजस्व सुधारका लागि  निर्माण गरिएको कार्ययोजना चालू आवका लागि अद्यावधिक गरेको हो । क्षेत्रीय शहरी विकास आयोजना, संस्थागत परामर्शदाताद्वारा निर्माण गरिएको उक्त कार्ययोजना अद्यावधिक गरिएको वित्तविज्ञ दामोदर सुवेदीले बताए । उनका अनुसार समयानुकूल परिमार्जन गर्दै राजस्व नीतिलाई अद्यावधिक गरिएको छ । संस्थागत परामर्शदाताका वित्तविज्ञबाट हालसम्म नगरपालिकाको पाँचओटा राजस्व सुधार कार्ययोजना निर्माण भइसकेका छन् । नगरपालिकाले हरेक आर्थिक वर्षको कार्ययोजना निर्माण गरी सोहीअनुसार नीति, कार्यक्रम निर्माण तथा कार्यान्वयन चरण पुर्‍याउँदै आएको छ । आर्थिक वर्ष २०७२/७३ देखि राजस्व सुधार कार्ययोजना तयार हुँदै आएको छ । राजस्व सुधार कार्ययोजना निर्माणपछि नगरपालिकाको आन्तरिक आयमा उल्लेख्य सुधार भएको छ । राजस्व परामर्श समिति, राजस्व उपशाखा, आर्थिक प्रशासन शाखा र अन्य शाखासँगको समन्वय र सहकार्यमा कार्ययोजना निर्माण गरिएको हो । राजस्व सुधार कार्ययोजनाले स्रोत, साधनको प्रभावकारी र अधिकतम परिचालन, समयानुकूल कर प्रणाली परिर्वतन, निजी क्षेत्रलाई प्रोत्साहन, करको दायरा वृद्धि, दीर्घकालीन कर नीति तथा रणनीति निर्माण, पालिकाका कामहरु पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाउनुपर्ने, आर्थिक ऐन र राजस्व ऐन पारित गर्नुपर्ने, बक्यौता संकलन, राजस्वको क्षेत्र विस्तार गर्नुपर्ने लगायत सुझाव दिएको थियो । कार्ययोजनाको सुझाव कार्यान्वयन गर्दै नगरपालिकाले आन्तरिक आयस्रोेतको प्रभावकारी परिचालन, प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासन, करको दायरा वृद्धि तथा क्षेत्र विस्तार, कर पुनरवलोकन र कर चुहावट नियन्त्रण गर्ने नीति लिएको छ । त्यस्तै, कार्ययोजनाले आन्तरिक आय संकलन कार्यविधि, जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएको छूट, जरिवानाको कार्यान्वयन, सम्पत्ति र मालपोत करको दरमा सुधार र बहालकर लगायतमा राजस्व प्रशासनले ध्यान दिनुपर्ने उल्लेख छ । कार्ययोजनाका क्रियाकलापलाई राजस्व प्रशासन सुधार, कर राजस्व सुधार र गैरकर राजस्व सुधार योजना गरी तीन भागमा बाँडिएको छ ।  कार्ययोजनाले नगरपालिकाको अगामी पाँच वर्षको आयको प्रक्षेपण पनि गरेको छ । जसअनुसार आर्थिक वर्ष २०८३/८४ मा भीमदत्तको आन्तरिक आय २८ करोड पुग्ने प्रक्षेपण गरिएको छ । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले पालिकालाई आन्तरिक आयमा बलियो बनाउन राजस्व सुधार योजना बनाइएको बताए । उनका अनुसार नगरपालिकाले कार्ययोजनाका सुझावलाई नीतिगत रुपमा कार्यान्वयन गरी राजस्वको अवस्थामा उलेख्य सुधार गरिएको छ ।

सम्बन्धित सामग्री

राजस्व सुधार कार्ययोजना निर्माणपछि भीमदत्तको आन्तरिक आयमा वृद्धि

वैशाख ५, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँचौ राजस्व सुधारको कार्ययोजना तयार पारेको छ ।  नगरपालिकाले आन्तरिक आय तथा राजस्व सुधारका लागि निर्माण गरेको कार्य योजनालाई चालू आवका लागि अद्यावधिक गरेको हो । क्षेत्रिय शहरी विकास आयोजना, संस्थागत परामर्शदाताद्वारा निर्माण गरिएको उक्त कार्ययोजना अद्यावधिक गरिएको वित्त विज्ञ दामोदर सुवेदीले बताए । उनका अनुसार समयानुकुल परिमार्जन गर्दै राजस्व नीतिलाई अद्यावधिक गरिएको हो ।  संस्थागत परामर्शदाताका वित्त विज्ञबाट हालसम्म नगरपालिकाका पाँच ओटा राजस्व सुधार कार्ययोजना निर्माण भइसकेका छन् । नगरपालिकाले हरेक आर्थिक वर्षको कार्ययोजना निर्माण गरी सोही अनुसार नीति कार्यक्रम निर्माण तथा कार्यान्वयनको चरण पुर्‍याउँदै आएको छ ।  आर्थिक वर्ष २०७२/७३ देखि राजस्व सुधार कार्ययोजना तयार हुँदै आएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि कार्ययोजनाका सिफारिसलाई कार्यान्वयन गरी आर्थिक वर्ष २०७४/७५ मा ६ करोड राजस्व संकलन गरेको थियो ।  त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १२ करोड, आर्थिक वर्ष २०७६/७७ मा २० करोड र आर्थिक वर्ष २०७७/७८ मा २३ करोड राजस्व संकलन गरेको छ ।  राजस्व सुधार कार्ययोजना निर्माणपछि नगरपालिकाको आन्तरिक आयमा उल्लेख्य सुधार भएको छ । राजस्व परामर्श समिति, राजस्व उपशाखा, आर्थिक प्रशासन शाखा र अन्य शाखाहरुसँगको समन्वय सहकार्यमा कार्ययोजना निर्माण गरिएको हो ।  राजस्व सुधार कार्ययोजनाले स्रोत साधनको प्रभावकारी र अधिकतम परिचालन, समयानुकुल कर प्रणाली परिर्वतन, निजी क्षेत्रलाई प्रोत्साहन, करका दायरामा वृद्धि, दीर्घकालिन कर नीति तथा रणनीति निर्माण, पालिकाका कामहरु पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाउनु पर्ने, आर्थिक ऐन र राजस्व ऐन पारित गर्नुपर्ने, वक्यौता संकलन, राजस्वको क्षेत्र विस्तार गर्नुपर्ने लगायतका सुझाव दिएको थियो ।  कार्ययोजनाको सुझावलाई कार्यान्वय गर्दै नगरपालिकाले आन्तरिक आय स्रोेतको प्रभावकारी परिचालन, प्रगतिशिल कर प्रणालीको विकास, सक्षम कर प्रशासन, करका दायरामा वृद्धि तथा क्षेत्र विस्तार, कर पुनरावलोकन र कर चुहावट नियन्त्रण गर्ने नीति लिएको छ । त्यस्तै, कार्ययोजनाले आन्तरिक आय संकलन कार्यविधि, जनचेतनामुलक कार्यक्रम, आर्थिक ऐनमा भएको छूट, जनिवानाको कार्यान्वयन, सम्पत्ति र मालपोत करको दरमा सुधार र बहाल कर लगायतमा राजस्व प्रशासनले ध्यान दिनुपर्ने उल्लेख छ । कार्ययोजनाका क्रियाकलपालाई राजस्व प्रशासन सुधार, कर राजस्व सुधार र गैरकर राजस्व सुधार योजना गरी तीन भागमा बाँडिएको छ ।   कार्ययोजनाले नगरपालिकाको अगामी पाँच वर्षको आयको प्रक्षेपण पनि गरेको छ । जसअनुसार आर्थिक वर्ष २०८३/८४ मा भिमदत्तको आन्तरिक आय २८ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।  त्यस्तै, कार्ययोजनाले सुधार गर्नुपर्ने क्षेत्रहरु, समिति, शाखाको जिम्मेवारी र समयावधी पनि सिफारिस गरेको छ । वित्त विज्ञ सुवेदीले कर नीतिलाई आम करदातालाई बुझाउनु पर्ने बताउँदै कार्ययोजनाको पूर्ण कार्यन्वयन भएको पालिका सबल बन्ने बताए । साथै नगरपालिकाको अगामी नेतृत्वले वर्तमान नीतिलाई आत्मसाथ गरि अघि बढ्नु पर्ने उनको सुझाव छ ।  भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पालिकालाई आन्तरिक आयमा बलियो बनाउन राजस्व सुधार योजना बनाइएको बताए । उनका अनुसार नगरपालिकाले कार्ययोजनाले दिएका सुझावलाई नीतिगत रुपमा कार्यान्वय गरी राजस्वको अवस्थामा उलेख्य सुधार गरिएको छ । कार्ययोजनाले सुझाए कुराहरुलाई पूर्ण कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

राजस्व सुधार कार्ययोजना बनाउँदै बाँकेका स्थानीय तह

राँझा । बाँकेका स्थानीय तहले आन्तरिक आम्दानी बढाउन राजस्व सुधार कार्ययोजना तयार गर्न थालेका छन् । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले कार्ययोजना तयार गरिसकेका छन् भने खजुरा गाउँपालिका कार्ययोजना तयारी चरणमा जुटेको छ । कोहलपुर नगरपालिकाको आन्तरिक आम्दानी तथा राजस्वको दायरा बढाउन योजनाका साथ काम भएको नगरप्रमुख लुटबहादुर रावतले बताए । उनका अनुसार विगत तीन […]

तुलसीपुरमा राजस्व सुधार कार्ययोजना

दाङ :  तुलसीपुर उपमहानगरपालिकाले राजस्व सुधार कार्ययोजना गरिएको छ। राजस्व विज्ञको परामर्शमा ४ वर्षलाई प्रक्षेपण गरेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ।राजस्व परिचालन क्षमताका आधारमा स्रोतहरूको सम्भाव्यता, जनताको कर तिर्नसक्ने क्षमता र उपमहानगरले राजस्व प्रशासनको समष्टिगत विश्लेषण गरी सुधारका उपायहरू पहिचान गर्दै राजस्वमा अभिवृद्धि गर्ने उद्देश्यले  राजस्व सुधार कार्ययोजनाको नीति अघि सारिएको  उपमहानगरका राजस्व शाखा प्रमुख भेषराज चन्दले बताए।उनले कार्ययोजनालाई टेकेर अघि बढेमा आ

स्थानीय तहको कर क्षमता विश्लेषण गरिँदै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारको कर क्षमता विश्लेषण गर्ने भएको छ । मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी)ले चालू आर्थिक वर्ष २०७८-०७९ मा स्थानीय सरकारको कर क्षमताको अध्ययन परामर्शदातामार्फत गर्न लागेको हो ।पीएलजीएसपीले स्थानीय तहको कर क्षमता विश्लेषण गर्नुको उद्देश्यमा स्थानीय तहको राजस्व सुधार कार्ययोजना तयार पार्नका लागि आवश्यक […]

स्थानीय तहको मध्यमकालीन खर्च

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ ले तीनै तहका सरकारले अनिवार्य रूपमा मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय तहमा मध्यमकालीन खर्च संरचनाको औचित्य र महŒवबारेमा पूर्ण ज्ञान तथा दक्ष जनशक्तिको कमी र मध्यमकालीन खर्च संरचना निर्माणका लागि आवश्यक अध्यावधिक आवधिक योजना, आन्तरिक राजस्व सुधार कार्ययोजना तथा क्षेत्रगत र विषयगत तथ्याङ्क र सूचनाको अभावका कारण अधिकांश स्थानीय तह कार्यान्वयन चरणमा प्रवेश गर्न सकिरहेका छैनन् । सङ्घीयता कार्यान्वयनको महŒवपूर्ण भूमिकामा रहेका स्थानीय तहहरूको दीर्घकालीन सोच ‘समृद्ध पालिका र खुसी नागरिक’ नै हुनुपर्छ । स्थानीय तहको समृद्धि भनेको समग्र प्रदेश हँुदै मुलुककै समृद्धि हो । त्यसकारण स्थानीय तह कार्यान्वयनका पक्षले प्रथम कर्तासमेत हुन् । पालिकाको आवधिक योजना भनेको दीर्धकालीन सोचलाई चरितार्थ गर्ने किसिमबाट बनाइनुपर्छ । आवधिक योजनाले निर्दिष्ट गरेअनुसार योजनाबद्ध रूपमा वार्षिक विकासका कार्यक्रम तय गर्नुपर्छ । वार्षिक कार्यक्रमको तर्जुमा र सफल कार्यान्वयनपश्चात् निर्दिष्ट लक्ष्यको हासिल र मापन गर्नुसमेत आवश्यक हुन्छ ।