नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । पूर्व स्थायी समितिको बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेर निकास निकाल्ने विषयमा निर्णय भएको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह भइसकेपछि अर्को पक्षले विवाद निकालेको रहेछ । किन संगठनमा समस्या आयो ? भन्ने विषयमा दुबै पक्ष बसेर छलफल गर्ने निर्णय भयो’