सुनसरी मोरङ कोरिडोरमा अघोषित लोडशेडिङ

विराटनगर । भारतको सुपौल, कटैयाबाट दुहबी ग्रीडमा आइरहेको १८० मेगावाट विद्युत् २ सातादेखि रोकिँदा सुनसरी मोरङ औद्योगिक कोरिडोरमा अघोषित लोडशेडिङ शुरू भएको छ । लोडशेडिङले सानाठूला करीब ५ सय उद्योग समस्यामा परेका छन् । विद्युत् आपूर्ति नियमित नहुँदा दैनिक ४० प्रतिशत उत्पादन घटेको उद्योगीको दाबी छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतका अनुसार उद्योगहरूले दैनिक ५० करोड रुपैयाँभन्दा बढी क्षति बेहोरिरहेका छन् । त्यसै पनि बजार अभाव र आर्थिक मन्दीसँग जुधिरहेका सिमेन्ट, छडलगायत उद्योग अघोषित लोडशेडिङले झनै थला परेको उनले बताए । भारतबाट बिजुली नआउँदा सुनसरी मोरङ औद्योगिक कोरिडोर उद्योग धराशयी हुने स्थितिमा पुगेको उनले बताए । बजार अभाव, उधारोको रकम नउठिरहेका बेला लोडशेडिङले उत्पादनमा असर गरेको राउतको भनाइ छ । अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालकसमेत रहेका राउतले अचेल सिमेन्ट उत्पादन क्षमताको ४० प्रतिशतमा झरेको बताए । स्वस्तिक आइरनका निर्देशक रमेश राठीले सरकारले लोडशेडिङको तालिका सार्वजनिक गरे राहत हुने बताए । दैनिक ८ देखि १० घण्टासम्म लोडशेडिङ हुँदा उद्योगले दैनिक १ करोडभन्दा बढी घाटा बेहोरिरहेको उनको भनाइ छ । कति बेला बिजुली कटौती हुन्छ भन्ने ठेगान नहुँदा मजदूर ज्यालाको भारसमेत थपिएको उनले बताए । अनियमित विद्युत् आपूर्तिले उद्योगको उत्पादन ६० प्रतिशतमा झरेको उनको भनाइ छ । लगातार २० दिनदेखि समस्या हुँदा पनि सम्बद्ध निकाय मौन रहेको राठीको गुनासो छ । तालिका सार्वजनिक गरेर लोडशेडिङ गर्ने वा सातामा ५ दिन २४सै बिजुली दिएर २ दिन पूरै काटिदिए उद्योगहरूको क्षति न्यूनीकरण हुने उनले बताए । नेपाल विद्युत् प्राधिकरण दुहबीका प्रमुख राजेश रेग्मीले भारतको कटैयाबाट आइरहेको १८० मेगावाट बिजुली आउन छाडेकाले अहिले प्रदेश १ मा अघोषित रूपमा लोडशेडिङ भइरहेको बताए । कटैयाबाट विद्युत् आपूर्ति बन्द भएपछि ढल्केवरबाट लिनुपरेको तर उक्त विद्युत्को गुणस्तर कम भएको र प्रसारण संरचना पुराना भएकाले आपूर्तिमा समस्या देखिएको रेग्मीले बताए । अहिले रक्सौलबाट ३५, रामनगरबाट ६०, मुजफ्फरपुरबाट ३५०, टनकपुरबाट ६० मेगावाट गरी राष्ट्रिय प्रसारणमा भारतबाट आयातित ५०५ मेगावाट बिजुली उपलब्ध रहेको उनले जानकारी दिए । यसैबीच उद्योगी, व्यवसायीका तीन संगठनले संयुक्त विज्ञप्ति जारी गरी विद्युत् आपूर्ति सुधार गर्न माग गरेका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले जारी गरेको विज्ञप्तिमा उद्योग व्यवसाय सञ्चालनका लागि आधारभूत वस्तुका रूपमा रहेको बिजुली अभाव झेल्नुपरेको बताएका छन् । विज्ञप्तिमा औद्योगिक क्षेत्रमा विद्यमान अघोषित विद्युत् कटौती र ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ ।

सम्बन्धित सामग्री

अघोषित लोडसेडिङले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योग प्रभावित

विधुत प्राधिकरणले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योगमा दैनिक आठ घन्टा अघोषित लोडसेडिङ गरेपछि उद्योगहरू प्रभावित भएका छन् । उद्योगीहरुले उद्योग सञ्चालनको वातावरण नै अस्तव्यस्त बनेको गुनासो गरेका छन् ।

अघोषित लोडसेडिङ गरेको भन्दै विराटनगरका उद्योगी व्यवसायी आन्दोलित

विराटनगर : नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गरेको भन्दै विराटनगरका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन्।विद्युत आपूर्ति नियमित गर्न माग गर्दै सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका हुन्।नियमित विद्युत आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने समेत उनीहरुको माग रहेको छ।मोरङ व्यापार संघले भने आइतबार नेपाल विद्युत प्रधिकरण दुहबी ग्रिडमा धर्ना दिएको हो।नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा बिहान ६ बजेदेखि १० बजेसम्

विद्युत् कटौती गरिएपछि सुनसरीको विद्युत् प्राधिकरणमा धर्ना

मोरङ – असमान रुपमा विद्युत्् कटौती गरिएपछि सुनसरी–मोरङ औद्यागिक क्षेत्रका उद्योगी व्यापारी र सर्वसाधारण आन्दोलित भएका छन्। आइतबार सुनसरीको दुहबी नगरपालिकास्थित विद्युत्् प्राधिकरण ग्रिडको कार्यालयमा धर्ना दिँदै आन्दोलन गरेका हुन्। सो क्रममा उनीहरूले अघोषित रुपमा लोडसेडिङ हुन थालेको जनाउँदै सडक प्रदर्शनीमा उत्रिएको बताए्। उनीहरूका अनुसार विद्युत्् प्राधिकरणले जानकारी नदिईकन कटौती गर्न थालेपछि समस्या उत्पन्न भएको […]

पूर्वी क्षेत्रका उद्योगमा अघोषित लोडसेडिङ

२८ चैत, विराटनगर । नेपाल विद्युत प्राधिकरणले पूर्व क्षेत्रका उद्योगमा अघोषित लोडसेडिङ गरेको गुनासो व्यवसायीहरुले गरेका छन् । बिहान र बेलुका सुनसरी मोरङ औद्योगिक करिडोरमा बत्ती नै नआउने उनीहरुको भनाइ छ । ‘हरेक दिन बिहान ६ देखि १० र बेलुका ५ देखि १० बजेसम्म विजुली कटौती हुन्छ, त्यस बाहेक अरुबेला पनि लाइन जान्छ,’ स्वस्तिक रोलिङ […]

मिरगन्ज पुलमा १० महिनादेखि भारतको ‘अघोषित नाकाबन्दी’

जोगबनीदेखि ५ किमि दक्षिणको मिरगन्ज पुल क्षतिग्रस्त भएको भन्दै भारतले ढुवानीका साधनलाई १० महिनादेखि आउजाउमा रोक लगाएपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्र समस्यामा छ । यस क्षेत्रका उद्योगी व्यवसायीले यसलाई भारतको अघोषित नाका बन्दीका रूपमा अर्थ्याएका छन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा १४ घण्टा लोडसेडिङ

विराटनगर-नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रूपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएकोे बताएका छन् ।इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन् । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए तापनि एक सातादेखि बेलुका ६ बजेदेखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने […]

सुनसरी–मोरङ औद्योगिक करिडोर : उद्योगमा १४ घण्टा लोडसेडिङ

सुनसरी : नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगीहरूले उद्योग चलाउन  समस्या भएको बताएका छन्।देशैभरिका उद्योगीले पूर्व जानकारीबिनै १४ घण्टा लोडसेडिङ भएकोमा विरोध गरिरहेका छन्।उनीहरूले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने मागसमेत गरिसकेका छन्। तर प्राधिकरणले कुनै प्रतिक्रिया जनाएको छैन। रुस–युक्रेन युद्धका कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ।युद्धका&

औद्योगिक क्षेत्रमा पुन: लोडसेडिङ

सुनसरी । नेपाल बिद्युत प्राधिकरणले दैनिक रुपमा अघोषित लोडसेडिङ सुरु गरेपछि मोरङ र सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । दैनिक १२ घण्टा लामो लोडसेडिङका कारण उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको उद्योगीहरूको भनाई छ । सुकारले विद्युत आपूर्तिलाई सहज नबनाए धेरै उद्योग बन्द हुने उनीहरूले बताएका छन् । सहज रुपमा […]

औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङ

विराटनगर-नेपाल विद्युत प्राधिकरणले दैनिक रूपमा अघोषित लोडसेडिङ सुरु गरेपछि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । दैनिक १२ घण्टा लामो लोडसेडिङका कारण उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको उद्योगीहरूको भनाइ छ । सरकारले विद्युत आपूर्तिलाई सहज नबनाए धेरै उद्योग बन्द हुने उनीहरूले बताएका छन् । सहज रुपमा विद्युत आपूर्तिको व्यवस्था मिलाउन […]

औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङ

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा एक सातादेखि पुनः अघोषित लोडसेडिङ भएपछि विद्युत् सहज उपलब्ध गराउन उद्योगीहरुले माग गरेका छन्।...