विद्युत् आपूर्ति अनियमित हुँदा रूपन्देहीका उद्योग समस्यामा

रूपन्देही । अनियमित विद्युत् आपूर्तिका कारण रूपन्देहीका उद्योग/व्यवसाय समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा अनियमितता हुँदा उद्योगी व्यवसायी समस्या झेल्न बाध्य भएका हुन् । विद्युत्को अनियमित आपूर्तिले उत्पादनमा कटौती गर्नुपरेको गुनासो उद्योगी व्यवसायीले गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ अन्त्य गरिएको दाबी गरे पनि औद्योगिक क्षेत्र र लुम्बिनी कोरिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भइरहेको छ । करीब एक महिनादेखि विद्युत् आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ हुने गुनासो यहाँका उद्योगी व्यवसायीले गरेका छन् । पछिल्लो १५ दिनदेखि लगातार विद्युत् आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुंगानाले बताए । ‘अहिले सिमेन्ट उत्पादनका लागि उपयुक्त समय हो, यो समयमा उत्पादन हुन नसके भारतीय सिमेन्टले बजार लिन्छ,’ उनले भने, ‘विद्युत् आपूर्तिकै कारण हाम्रो सिमेन्ट बजार बिग्रिने र यसले दीर्घकालसम्मै समस्या उत्पन्न गर्ने खतरा बढेको छ ।’ पछिल्लो समय प्राधिकरणले विद्युत् आपूर्ति अनियमित गर्दा  लुम्बिनी कोरिडोरका मात्रै १२ सिमेन्ट उद्योग र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ । अघोषित लोडशेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले हाल विद्युत् अभावमा प्लान्ट सञ्चालन गर्न सकिरहेको छैन । विद्युत्मा देखिएको अनियमितता र लो भोल्टेजको समस्या पुरानै भएकाले अहिले २४ घण्टासम्म अघोषित लोडशेडिङ भइरहेको छ । उद्योगीले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गर्दै आएको छ । तर, प्राधिकरणले चासो नदिएको उद्योगी व्यवसायीको गुनासो छ । विद्युत् आपूर्ति निरन्तर गर्न नसकेपछि प्राधिकरणसँग  लोडशेडिङको समयतालिका उपलब्ध गराउन माग उद्योगी व्यवसायीले गरेका छन् । ‘प्राधिकरण नेतृत्वको असक्षमताका कारण पटक पटक समस्या भोग्नुपरेको छ,’ उद्योगी बाबुराम बोहोराले भने, ‘समस्या सामाधानका लागि छिट्टै कदम नचालिए संघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछ ।’ विद्युत् नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी बताउँछन् । यस्तो अवस्था आउँदा पनि विद्युत् प्राधिकरण जिम्मेवार नबनेको गुनासो उनीहरूको छ । आपूर्तिको समस्या समाधान गर्न ढिलाइ गरिए आफूहरू उद्योगमा ताला लगाएर सडकमा आउने उद्योगीहरूको चेतावनी छ । रूपन्देही उद्योग संघ, उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग वाणिज्य संघले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर यसबारे ध्यानाकर्षण गराइसकेका छन् । तर, नियमित विद्युत् आपूर्ति हुन नसकेपछि आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले प्राधिकरणले विनासूचना विद्युत् आपूर्ति बन्द गर्ने र नियमित विद्युत् नदिएकाले उद्योगहरूले ठूलो क्षति बेहोर्नुपरेको बताए । विद्युत् वितरणमा भइरहेको समस्या तत्काल समाधान गर्न उनको आग्रह छ । ‘कोरोनाले थलिएका उद्योग विस्तारै उठ्न थालेका छन्, यस्तो अवस्थामा अनियमित विद्युत् आपूर्तिले उद्योग धराशयी हुन्छन्,’ उनले भने । विगत एक महीनादेखि विद्युत्को समस्या धेरै हुन थालेको उद्योगी बताउँछन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले अघोषित लोडशेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रूपन्देहीका उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए । विद्युत् कटौती हुन थालेपछि उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत् कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँ मिललाई सिद्धार्थ उद्योग वाणिज्य संघले ध्यानाकर्षण गराइसकेको छ । रासस

सम्बन्धित सामग्री

भोलि उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने

भोलि (शनिबार) उपत्यकाका विभिन्न ठाउँमा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ । रत्नपार्क, कुलेश्वर, पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत रहेका फिडरहरूमा विद्युत् सेवा बन्द हुने भएको हो ।  नेपाल विद्युत प्राधिकरणले...

आज यी क्षेत्रमा ८ घन्टा विद्युत् आपूर्ति बन्द हुने

आज काठमाडौं र ललितपुरका केही स्थानमा ८ घन्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न माग

काठमाडौँ, २९ फागुन । पर्सा–बारा औधोगिक करिडोरका उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७ औँ साधारणसभामा सहभागी करिडोरका उद्योगीले नियमित सञ्चालन विद्युत् आपूर्ति नहुँदा उद्योग व्यवसायी धरासायी भएकामा चिन्ता व्यक्त गरका हुन् । वीरगञ्जको नाका व्यापार तथा राजस्व दुवैका लागि महत्वपूर्ण भए पनि सरकारले उद्योगीको […]

विद्युत् आपूर्ति नहुँदा २० दिनदेखि उदयपुर सिमेन्ट उद्योग बन्द

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग २० दिनदेखि बन्द भएको छ । गत ९ असारमा सिराहाको लाहानमा रहेको विद्युत्को टावरमा चट्याङले क्षति पुर्‍ याएर विद्युत् आपूर्ति रोकिएपछि उद्योग बन्द भएको हो । विद्युत्...

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

चितवन । नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । भरतपुर वितरण केन्द्रले बिना सूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर […]

इलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

इलाम – तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा इलामका सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ […]

इलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने  काम प्रभावित भएको बताइएको छ । सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुन सकेन

तीन ठूला औद्योगिक करिडोरमा विद्युत् आपूर्ति प्रभावित

तीन ठूला औद्योगिक करिडोरसहित देशभरका सयौं उद्योगमा गलबार साँझदेखि विद्युत् आपूर्ति प्रभावित भएको छ ।

हुम्लाको विद्युत् आपूर्ति सेवा अनिश्चित समयका लागि बन्द

हुम्ला। यहाँको हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् आपूर्ति सेवा अनिश्चित समयका लागि बन्द भएको छ । ट्याङ्की नजिकको नहरको पानी चुहिएर जमिन चिरा पारी पहिरो जाने जोखिम भएपछि विद्युत् उत्पादन बन्द गरिँदा आपूर्ति पनि बन्द गरिएको हो । विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले अनिश्चित समयका लागि विद्युत् आपूर्ति बन्द गरिएको बताए । उनले कुनै […]

लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

लमजुङ – लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लमजुङको उदीपुर सबस्टेशनका ३३ केभी तथा ११ केभी फिडरबाट प्रसारण हुने विद्युत् लाइन यही चैत २० र २१ गते बिहान ९ बजेदेखी साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणको लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले जानकारी दिनुभयो । वितरण केन्द्रअन्तर्गत मर्स्याङ्दी–उदीपुर प्रसारण लाइनमा रहेका जीर्ण काठका पोल तथा कन्डक्टर ‘अपग्रेडिङ’ गर्नुपर्ने भएकाले दुई दिनसम्म विद्युत् आपूर्ति बन्द हुने केन्द्रका प्रमुख गुरुङले बताउनुभयो ।...