काठमाडौं। चर्चित र्यापर कान्ये वेस्टको एक जुत्ता १.८ मिलियन डलर अर्थात २१ करोड ४३ लाखभन्दा बढीमा नेपाली रुपियाँमा बिक्री भएको छ। उनको स्नेकर सूजले नयाँ रेकर्ड कायम गरेको हो। उनले उक्त जुत्ता ग्रामी अवार्डमा लगाएका थिए। यसअघि सन् २०२० मा एक जुत्ता सात करोडमा बिक्री भएको थियो। कान्येले नयाँ रेकर्ड आफ्नो नाममा गराउन सफल भएका छन्।