गोल्डस्टार जुत्ता अब अमेरिकामा पनि किन्न पाइने

अहिले गोल्डस्टार जुत्ता अष्ट्रेलियामा, जापान र कतारमा पनि विस्तार भइसकेको कम्पनीले जनाएको छ। अब भने यो ब्रान्डको जुत्ता अमेरिकी बजारमा पनि विक्री हुन थालेको हो।

सम्बन्धित सामग्री

‘आइएमई पे’मार्फत गोल्डस्टार जुत्ता किन्दा १५ प्रतिशत छुट

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मार्फत भुक्तानी गरेर गोल्डस्टार जुत्ता खरिद गर्दा १५ प्रतिशत छुट पाइने भएको छ । नयाँ वर्षको अवसर पारेर ल्याइएको यो अफर २७ चैतदेखि...

आइएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता

आइएमई पे र किरण सुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ ।सम्झौता अनुसार आईएमई पे डिजिटल दसैं तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ । गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ ।साथै, प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत गोल्डस्टार जुत्ताको आधिकारिक […]

आईएमई पे र गोल्डस्टार जुत्ताबीच छुटसम्बन्धी सम्झौता

काठमाडौ‌ं । आईएमई पे र किरण सुजद्वारा निर्मित गोल्डस्टार सुजबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई पे डिजिटल दशैं-तिहार-२०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ । गोल्डस्टार जुत्ताले आईएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ । साथै, प्रयोगकर्ताहरुले आईएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको […]

आइएमई पे र किरण शुज कम्पनीबीच सम्झौता

आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ ।  गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन १ जोडि गोल्डस्टार जुत्ता प्रदान गर्नेछ । साथै, प्रयोगकर्ताहरूले आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा फ्लाट २०% क्यास ब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ । आइएमई पेको दशैँ क्याम्पेनम

गरिमा बैंकका ग्राहकलाई गोल्डस्टार जुत्तामा छुट

गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता खरिदमा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन लाइफ स्टाइल इन्टरनेसनल प्रालिसँग सम्झौता गरेको जनाएको छ।...

गोल्डस्टार जुत्ता अमेरिकामा पनि

काठमाडौं (अस) । नेपालमा रुचाइएको गोल्डस्टार सुजले संयुक्त राज्य अमेरिकी बजारमा प्रवेश गरेको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो उत्पादन विक्रीवितरण शुरू गर्ने भएको छ । न्यूयोर्कमा आयोजित कार्यक्रममा किरण सुज म्यानुफ्याक्चरर्सका अध्यक्ष आमिर प्रताप राणाले गोल्डस्टार जुत्ता संयुक्त राज्यका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे । कम्पनीका अनुसार अक्टोबर १७ र २४ मा टेक्सास र सनफ्रान्सिस्कोमा यसको विधिवत् उद्घाटन हुने भएको छ । कार्यक्रममा राणाले संयुक्त राज्य अमेरिकामा संसारकै सबैभन्दा अग्लो स्थानमा बनेका डिजाइनहरू ल्याउन पाउँदा गर्व लागेको बताए । उनले भने, ‘हाम्रो तीन दशकको अनुभवमा दुई महाद्वीपहरू पार गरी अब संयुक्त राज्य अमेरिकामा आइपुगेका छौं । यो सबैभन्दा गर्वको कुरा हो र हामी अमेरिकामा पनि आकर्षक जुत्ताहरू ल्याउने कुरामा प्रतिबद्ध छौं ।’ कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतम, गोल्डस्टारबाट कार्यकारी निर्देशक श्रीमती विदुषी राणा, ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष मार्क ज्याफ पनि उपस्थित थिए । महावाणिज्यदूत गौतमले नेपाली उद्यमी र व्यापारिक समुदायका लागि यो गर्वको क्षण भको बताए । उनले अबका दिनमा नेपाली उत्पादनहरु विश्वव्यापी उचाइमा पुग्ने विश्वास व्यक्त गरे । किरण सुज म्यानुफ्याक्चरर्सकी कार्यकारी निर्देशक  राणाले भनिन्, ‘हाम्रो मेहनतले आज सात समुद्र पार गरेको छ । हामीले सामाजिक सञ्जालमा गोल्डस्टार जुत्ताप्रतिको आकर्षण देखेकै थियौं । आज त्यो आकर्षणलाई नै लिएर हामी अमेरिका आइपुगेका छौं ।’ ग्रेटर न्यु योर्क चेम्बर अफ कमर्सका अध्यक्ष र सीईओ ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यसले अमेरिकीहरूको मन जित्नेछ भन्नेमा म विश्वस्त छु ।’ उनले गोल्डस्टारले अमेरिकी ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने बताए । मेरील्याण्ड हाउस अफ डेलिगेट्सका सदस्य ह्यारी भण्डारीले गोल्डस्टार टोलीलाई अमेरिकी बजारमा प्रवेशका लागि बधाई र सफलताको शुभकामना दिए । गोल्डस्टारको जुत्ता स्वर्गीय नूरप्रताप राणाको परिकल्पना हो । सबै नेपाली घरहरूमा सस्तो तर टिकाउ जुत्ता ल्याउने उनको सपनाको प्रतिफल हो । किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको निर्माण गर्न थालेको हो । विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरू गरेको छ । गोल्डस्टार जुत्ताले २००० को सुरुमा भारतमा आफ्नो व्यापार विस्तार गर्‍यो  यसले भारतमा राम्रो चर्चा पायो । गोल्डस्टार जुत्ता अष्ट्रेलिया, जापान र कतारमा पनि विस्तार भइसकेको छ । अमेरिकमा पनि यसको विक्री हुन थालेपछि यसको विस्तार झनै बढ्ने देखिएको छ ।

विश्व बजारमा ‘मेड इन नेपाल’

विदुषी राणा सञ्चालक, गोल्डस्टार सुज नेपाली जुत्ता विदेशमा निर्यात हुन थालेको झन्डै तीन दशक पुग्यो । ०५० तिरै गोल्डस्टार जुत्ता भारततर्फ निर्यात हुन थालेको हो । अहिले भारतको उत्तर प्रदेश, बिहारलगायत राज्यहरूमा गोल्डस्टार...