विदेशीलाई टक्कर दिने नेपाली जुत्ता

काठमाडाैं । भृकुटीमण्डपमा नेपालका चर्चित जुत्ता ब्राण्डहरुकाे मेला लागेकाे छ । मेलामा धेरै ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध छन् । विदेशीलाई टक्कर दिने नेपाली जुत्ता मेलाकाे विषेशता हाे ।

सम्बन्धित सामग्री

चितवनमा ‘नेपाली जुत्ता घर’ सञ्चालन

चितवन। चितवनको नारायणगढमा नेपाली जुत्ता उद्योगीहरूको ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । बुधवार नारायणगढको विगबजारमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ताघरको औपचारिक रूपमा उद्घाटन गरेका हुन् । विगबजार नेपाली जुत्ताघरमा सातओटा उद्योगका जुत्ता विक्रीका लागि राखिएको छ ।  सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष श्रेष्ठले स्वदेशी उत्पादनले आर्थिक गतिविधि चलायमान हुनुको साथै रोजगारीमा समेत वृद्धि हुने बताए । नेपाली जुत्ता उद्योगीहरूले गुणस्तर वृद्धि गरी विदेशमा समेत निर्यात गर्नुपर्नेमा उनले जोड दिए । चितवन उद्योग संघका अध्यक्ष न्यौपानेले नेपाली उत्पादनले गुणस्तरमा प्रतिस्पर्धा गर्दै बजार प्रवर्द्धन गर्नुपर्ने बताए ।  सो अवसरमा फुटवेयर म्यानुफ्याक्चरिङ एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी उत्पादनको प्रवर्द्धन र विदेशबाट आयातित जुत्तालाई निरुत्साहित गर्ने उद्देश्यले चितवनमा शाखा विस्तार गरिएको बताए । घिमिरेले देशैभरी विक्री कक्ष सञ्चालन गर्ने उद्देश्यसहित शाखा विस्तार गर्दै लगिएको बताए । ‘यो विक्री कक्षमा एउटै छानामुनी ग्राहकले विभिन्न ब्राण्डका जुत्ता पाउँछन्,’ उनले भने, ‘यसबाट थप जुत्ताको बजारीकरण हुनुका साथै रोजगारीमा पनि वृद्धि हुन्छ ।’

गोल्डस्टारद्वारा जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता सहयोग

काठमाडौं- नेपाली जुत्ता उत्पादक कम्पनी गोल्डस्टार सुजले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थानभन्दा बढी जुत्ता सहयोग गर्ने भएको छ। कम्पनीले पीडितका लागि ३५ लाख ६८ हजार रुपैयाँ बराबरका १० हजार २२ थान जुत्ता सहयोग गर्ने भएको हो। कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रधानमन्त्री उद्दार कोष मार्फत् सहयोग गर्ने बताएकी हुन्। […]

जावलाखेल जुत्ता मेलामा एक लाख अवलोकनकर्ता

नेपाली जुत्ता–चप्पल उत्पादक समूहले जावलाखेलमा आयोजना गरेको ‘जावलाखेल जुत्ता–चप्पल दसैँ महोत्सव २०८०’ मा अवलोकन तथा किनमेल गर्नेको संख्या एक लाख पुगेको छ । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित...

नेपाली ब्राण्डको जुत्ता शोरुम जनकपुरधाममा

जनकपुरधाम- नेपाली उत्पादनका जुत्ताचप्पलको संयुक्त शोरुम ‘जनकपुर नेपाली जुत्ता घर’ जनकपुरधाममा सञ्चालनमा आएको छ। नेपालमै उत्पादन भएको विभिन्न ब्राण्डको गुणस्तरीय जुत्ताचप्पलहरू यहाँ उपलब्ध रहेको सञ्चालकले जनाएका छन् । जनकपुर नेपाली जुत्ता घरका संयोजक तथा केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतोले नेपाली उत्पादनका स्वदेशी जुत्ताचप्पललाई स्थानीयतहमा पुर्‍याउने र नेपालीहरूलाई स्वदेशी जुत्ता प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यका […]

काठमाडौंको भृकुटीमण्डपमा जुत्ता-चप्पल मेला

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्याति प्राप्त ब्राण्डहरुले बृहत जुत्ता चप्पल मेला २०७९ आयोजना गरेका छन् ।जाडो महिनालाई लक्षित गरि  आयोजना भएको उक्त मेलामा उपभोक्ताहरुको भिड बढ्न थालेको छ । सस्तो सुलभ, लगाउन हल्का, लचकदार  नेपाली जुत्ताहरु भएकोले उपभोक्ताको  रोजाइमा नेपाली जुत्ता चप्पलहरु परेको आयोजकको दाबी छ । भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, र न

नेपाली जुत्ता १७ देशमा निर्यात

काठमाडौं, बैशाख २६ । नेपालमा उत्पादित जुत्ता भारतलगायत १७ देशमा निर्यात भइरहेको छ । पहिले भारतमा मात्रै निर्यात हुने नेपाली जुत्ता अहिले खाडीदेखि अमेरिका, बेलायत जापानजस्ता विकसित मुलुकसम्म पुग्न थालेको छ । परिमाण कम भए पनि नेपाली जुत्ताले अन्तरराष्ट्रिय बजारमा प्रवेश पाएसँगै स्वदेशी जुत्ता उत्पादकहरू उत्साहित छन् । सरकारको सहयोग र साथ पाए परिमाणका साथै […]

नेपाली जुत्ता १७ देशमा निर्यात

काठमाडौं । नेपालमा उत्पादित जुत्ता भारतलगायत १७ देशमा निर्यात भइरहेको छ । पहिले भारतमा मात्रै निर्यात हुने नेपाली जुत्ता अहिले खाडीदेखि अमेरिका, बेलायत जापानजस्ता विकसित मुलुकसम्म पुग्न थालेको छ । परिमाण कम भए पनि नेपाली जुत्ताले अन्तरराष्ट्रिय बजारमा प्रवेश पाएसँगै स्वदेशी जुत्ता उत्पादकहरू उत्साहित छन् । सरकारको सहयोग र साथ पाए परिमाणका साथै थप देशमा निकासी गर्न सकिने उनीहरूको भनाइ छ । जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरे अहिले स्वदेशी उद्योगहरूले क्षमताभन्दा कम परिमाणमा जुत्ता उत्पादन गरिरहेको बताउँछन् । व्यवसायीले नै विदेशमा बजार खोजेर जुत्ता निर्यात गर्दै आएको उनले जानकारी दिए । भारतमा मात्रै सीमित जुत्ता निकासी अहिले १७ भन्दा बढी देशमा पुगेको भन्दै उनले सरकारले सहयोग गरे निर्यातको परिमाण बढाउन सकिने जानकारी दिए । ‘पहिला गुणस्तर कमजोर हुँदा निर्यात गर्न समस्या थियो,’ उनले भने, ‘अहिले अन्तरराष्ट्रिय स्तरको उत्पादन र गुणस्तरमा व्यवसायी सचेत हुँदा निर्यात र माग बढेको हो ।’ विविध कारणले नेपाली जुत्ता मूल्यमा प्रतिस्पर्धी भने हुन नसकेको उनले बताए । नेपाली जुत्ता उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक १६ करोड जोर उत्पादन हुन्छ । २०७० सालयता नेपालमा जुत्ता उत्पादनले गति लिन थालेको सम्बद्ध व्यवसायी बताउँछन् । कोरोनाको २ वर्षमा यस क्षेत्रमा थप लगानी आएको र सरकारले पनि फुटवेयरलाई प्राथमिकता दिएकाले सम्भावना राम्रो देखिएको छ । व्यवसायीका अनुसार यो क्षेत्रमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । १ हजार ५०० उद्योग सञ्चालनमा छन् । नेपालको आन्तरिक माग वार्षिक १० करोड जोर हो । अध्यक्ष घिमिरेका अनुसार पछिल्लो समयमा ३ करोड जोरभन्दा बढी जुत्ता विभिन्न देशमा निर्यात भएको छ । विदेशमा रहेका सरकारी नियोग, वाणिज्य दूतावास जस्ता निकायहरूले छुट्टै डेस्क राखेर  प्रवर्द्धनमा सहयोग गरे जुत्ता निर्यातको अंक बढाउन सकिने र दीर्घकालीन निकासीको आधार तयार हुने फुटवेयर व्यवसायी बताउँछन् । अस्थिर ब्याजदर र औद्योगिक कर्जाको व्यवस्था नहुँदा समस्या परेको उनीहरूको गुनासो छ । बिजुली अभावमा डिजेलबाट उत्पादन गर्नुपर्दा, जग्गाको मूल्य, उत्पादनमा प्रविधिभन्दा जनशक्तिको बढी प्रयोग, ढुवानी र कार्गाे मूल्यका कारण नेपालको उत्पादन अन्य देशको तुलनामा महंगो भएको घिमिरेको भनाइ छ । विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्र जस्ता स्थानमा उद्योग लगाउन समस्या हुँदा जग्गाकै मूल्य बढी पर्ने उनले बताए । अहिले नै पूर्ण क्षमतामा फुटवेयर उद्योग सञ्चालन गर्न सके नेपालको आन्तरिक माग धानेर पनि निर्यात गर्न सक्ने क्षमता रहेको घिमिरे दाबी गर्छन् । अहिले उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन पाएका छैनन् । ‘जुत्ता उद्योगहरूले कुल क्षमताको ३५ देखि ४० प्रतिशतसम्म मात्रै उत्पादन गर्छन्,’ उनले भने, ‘यसले आन्तरिक मागको ६५ प्रतिशतसम्म धान्छ ।’ सरकारले सहयोग गरे आन्तरिक माग पूरा हुने र बाँकी ३५ प्रतिशत आयात प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ । ‘फुटवेयरमा अहिले प्रत्यक्ष रूपमा ५० हजारभन्दा बढीले रोजगारी पाएका छन्,’ घिमिरेले भने, ‘राज्यले सहयोग गरे यसलाई ७५ हजार पुर्‍याउन सकिन्छ ।’ जुत्ता उद्योगमा स्वदेशी जनशक्तिलाई रोजगारी दिन तालीम केन्द्र खोल्नुपर्ने आवश्यकता उनले औंल्याए । अहिले नेपाली जुत्ता उद्योगमा काम गर्नेमध्ये ७० प्रतिशत भारतीय छन् । उनीहरूको न्यूनतम पारिश्रमिक मासिक ४० हजार रुपैयाँ हुन्छ । नेपालीहरू भने सोही रकमका लागि विदेशिइरहेको भन्दै घिमिरेले स्वदेशमा रोजगारी सृजना गर्न सरकारले तालीम केन्द्र खोल्नुपर्ने र माध्यमिक तहदेखि नै जुत्तासम्बन्धी पाठ्यक्रम राख्नुपर्ने बताए । संघका अध्यक्ष घिमिरेका अनुसार अन्य देशमा प्रतिदिन प्रतिकामदार जुत्ता उत्पादन १० जोर छ । नेपालमा ३ जोर मात्रै छ । भारत, भियतनामजस्ता देशले पाठ्यक्रममै राखेर स्कूल, कलेजमा जुत्तासम्बन्धी अध्ययन गराउँछन् । भन्सार विभागका अनुसार गत चैत मसान्तसम्ममा नेपालबाट भारत, स्वीट्जरल्यान्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका, अस्ट्रेलिया, चीन, भुटान, जापान, अस्ट्रिया, क्यानडा, डेनमार्क, मलेशिया, नेदरल्यान्ड, नर्वे, कतार, बेलायत, स्पेनजस्ता देशमा जुत्ता निर्यात भएको छ । यसबाट ८६ करोड ३६ लाख ८९ हजार रुपैयाँभन्दा बढी आर्जन भएको छ । सरकारका पूर्वसहसचिव रवि सैंजू जुत्ता निर्यातको सम्भावना राम्रो रहेको बताउँछन् । सरकारले बनाएका विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्रमा यी उद्योगलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । नेपाली जुत्ता विश्व बजारका साथै आन्तरिक बजारमा पनि खपतको सम्भावना रहेको उनले बताए । आन्तरिक बजारका उपभोक्ताले पनि अचेल स्वदेशी जुत्ता रुचाउन थालेको भन्दै उनले जुत्ताको आयात प्रतिस्थापन गर्नेतर्फ सबै पक्षले ध्यान दिनुपर्ने बताए । ‘निर्यातका लागि उनीहरूलाई सरकार, दातृ निकाय तथा विदेशी नियोगको सहयोग चाहिन्छ,’ सैंजूले भने, ‘सरकारी नेटवर्कबाट पनि मार्केटिङका लागि सहयोग हुनुपर्छ ।’ स्वदेशी उद्योगकै कारण जुत्तामा नेपाल ६५ प्रतिशत आत्मनिर्भर भइसकेको छ । यो उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि जुत्ताचप्पल उत्पादनसम्बद्ध संघसंस्थाले वार्षिक २ पटक काठमाडौंमा ठूलो मेला गर्छन् । नेपालमा गोल्डस्टार, रोयल सुज, शिखर, हिललाइफ, क्रसरोड, स्मार्ट सुज, रन सुज, कोशेली, बेम्बो सुज, बोस, फुटस्टेप, केटीएम सुज, क्यालिबरजस्ता ब्रान्डमा जुत्ता उत्पादन हुन्छ ।

नेपाली जुत्ता चप्पलमा युवाहरुको बढ्दो आकर्षण

नेपाली जुत्ता चप्पललाई कुनै समय नेपाली भन्दा बिक्रि नहुने खतरा थियो । स्वदेशमै बनेका जुत्ता चप्पललाई पनि केही व्यापारीले बिक्रि नहुने जोखिम देखेर विदेशी भनेर बिक्रि गर्थे । तर, अहिले समय फेरिएको छ । राष्ट्रियताप्रति प्रतिवद्ध युवाहरुको जमात अहिले खोजी खोजी स्वदेशी जुत्ता चप्पल लगाउछन् । भृकुटीमण्डपमा जारी जुत्ता चप्पल ब्यापार मेलामा पनि युवा पुस्ताको उल्लेख्य सहभागीता रहेको आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनको भनाई छ ।जुत्ता चप्पलमा नेपाल आत्मनिर्भर उन्मुख छ भनेर भनिएको २ वर्ष पुग्यो । गत आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्ने रणनीति अनुसार सबै सुरक्षा निकायलाई स्वदेशी पोशाक र जुत्ता प्रयोग गर्न लगाईने भनिएको थियो । तर, १६ महिना बितिसक्दा पनि यो नीति कार्यान्वयन भएन ।युवाले आशा जगाए२०७२ सालमा नेपालले संविधान जारी गरेपछि भारतले ६ महिना लामो नाकाबन्दी लगायो । त्यस बेलादेखि नेपालीहरुमा आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतनाको विकास मात्रै गरिदिएन, भारत प्रतिको नेपालीको दृष्टिकोण नै नकारात्मक बनाईदियो । जसको फाइदा नेपाली उद्योगले पाउन थालेका छन् ।उत्पादनका क्षेत्रमा लाग्ने जनशक्ति कम भएपनि स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ भन्ने चेतना जागृत गराउन भारतको नाकाबन्दीले ठूलो प्रभाव पारेको ब्ल्याक हर्स इन्डष्ट्रिजका सञ्चालक चिन बहादुर श्रेष्ठ बताउँछन् । कच्चा पदार्थमा परनिर्भरता कायम नै रहेपनि युवाहरुमा स्वदेशी उत्पादनप्रति लगाव बढेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनका अध्यक्ष कृष्णकुमार फुयाल बताउँछन् ।‘नेपाली प्रोडक्ट प्रयोग गर्नुपर्छ भन्ने युवाहरु बढेका छन्’ श्रेष्ठ भन्छन्, ‘अहिलेका पुस्ताहरुलाई लुक्स राम्रो चाहिन्छ, भने जस्तो लुक्स दिन सक्ने हो भने जुत्ता चप्पल बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुँदैन ।’अहिले विभिन्न समयमा हुने जुत्ता चप्पल मेलामा पनि युवा पुस्ताकै बढी आकर्षण देखिन्छ ।जुत्ता चप्पल उद्योगमा ५० हजार जनशक्ति खपत भएको छ । यी मध्ये ५० प्रतिशत बढी विदेशी छन् । नेपालमा दक्ष जनशक्ति नहुँदा विदेशबाट कामदार ल्याएर उद्योग चलाउनुपर्ने बाध्यता छ ।

भारतदेखि अमेरिकासम्म पुग्ने नेपाली जुत्ता/चप्पलको निर्यात खस्कियो

आर्थिक वर्ष २०७६/७७ नेपालले विभिन्न देशमा २५ लाख ४८ हजार ९ सय ६४ जोर अर्थात् ७६ करोड ७७ लाख २५ हजार रुपैयाँको जुत्ता/चप्पल निर्यात गरेको थियो