मनाइयो अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस

१५ औँ संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस तथा पाँचौँ राष्ट्रिय चिनियाँ भाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । ‘पारस्परिक शिक्षाको साँघुमार्फत संस्कृतिहरू जोड्दै’ मूल नाराका साथ काठमाडौँस्थित एलआरआई स्कुलमा आयोजित कार्यक्रममा चिनियाँ भाषा अध्ययनरत विद्यार्थीले नृत्य तथा वक्तृत्वकला प्रस्तुत गरेका थिए । चिनियाँ सरकारले नेपाली विद्यार्थीलाई भाषाको अतिरिक्त ज्ञान दिने उद्देश्यले नेपालका विश्वविद्यालय तथा विद्यालयमा चिनियाँ मूलका शिक्षकद्वारा चिनियाँ भाषाको अध्यापन गराउँदै आएको छ ।