सुर्खेत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयता आउनुको मुख्य कारण मधेश आन्दोलन भएको बताएका छन् । संघीयताको लागि थुप्रै मधेशका व्यक्तिहरुले ज्यानको बलिदानी दिएको बताउँदै उनले संघीयताको कार्यान्वयन सहि तरिकाले नभएको बताए ।कर्णाली उत्सव कुडा कर्णालीको शनिबार अन्तिम दिन ‘मुख्य मान्ठ मुल कुडा’ विषयमा वक्ताको रुपमा कर्णाली आएका मुख्यमन्त्री राउतले सिंहदरबारको प्रदेश २ र कर्णालीलाई हेर्ने दृष्टिकोण फरक रहेको टिप्पणी गरे । मुख्यमन्त्री राउतले पुरै समय केन्द्र सर