मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलो मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको बताएका छन् । बिहीबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै उनले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलोको रुपमा प्रतिष्ठान अघि बढेको बताए । प्रतिष्ठानको एक वर्ष भित्रमा ४ वटा विषयमा स्नातक शिक्षाको अध्ययन अध्यापन शुरु गर्नुका साथै विशेष कोभिड अस्पतालको संचालन र विशिष्टिकृत सेवाको संचालन