काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत रुपमा परिणाम नआउँदा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)भित्र असन्तुष्टि चुलिएको छ । दोस्रो चरणको निर्वाचनमा राम्रो परिणाम नआउनुमा गुटबन्दी नै कारण भएको निष्कर्ष कांग्रेसले निकालेको छ । केन्द्रदेखि वडा तहसम्म नै गुटबन्दीको असर निर्वाचन नतिजामा पनि देखिएको भन्दै कांग्रेसभित्र आन्तरिक द्वन्द्व सुरु भएको छ ।...