संसदमा विरोधकै बीच तीनवटा अध्यादेश स्वीकृत

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी र अवरोध गरिरहेकैबेला आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सो अध्यादेश बैठकमा प्रस्तुत गर्नुभएपछि सभामुख अग्नीप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि बहुमतले स्वीकृत भएको हो ।

सम्बन्धित सामग्री

बजेटका ३ विकल्प, के फेरि अध्यादेशमै फर्केला सरकार?

काठमाडौँ – शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पेश गरेका छन्। प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध र नाराबाजीबीच साउन ३ गते सदनमा पेश भएको बजेटसँग सम्बन्धित तीनवटा अध्यादेशलाई प्रतिनिधिसभाले स्वीकृत गरे लगत्तै अर्थमन्त्रीले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्। भदौ ३० गते अध्यादेश पेश भएको साठी दिन पुग्ने भएकाले अब त्यसपछि सरकारले बजेटलाई कसरी निरन्तरता […]