आज मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागे बोलाईएको छ । बैठकमा विभिन्न अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा सांसद प्रेम सुवालले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले “यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, सांसद प्रेम सुवालले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री दिलेन्द्र प्रसाद बडूले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।आजको बैठक पनि प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले अवरोध गर्ने तयारी गरेको छ। यस अघिको बैठक पनि एमालेले अवरोध गरेपछि एक सातापछि बस्न लागेको हो । एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक भने अनिश्चित समयको लागि स्थगित भएको छ ।