तनहुँ : व्यास नगर जेसिज सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा बिरामीका लागि बरदान सावित भएको छ।कोरोनाको संक्रमणका कारण गर्भवती, सुत्केरी र अन्य रोगका बिरामीले अस्पतालसम्म पुग्न निकै सास्तीमा रहेको अवस्थामा व्यास नगर जेसिजले एम्बुलेन्स सेवा सुरुवात गरेसँगै बिरामीका लागि जेसिजको एम्बुलेन्स सेवाले सहजता कायम गरेको छ। जेसिआइ व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालका अनुसार जेसिजले सुरुवात गरेको निःशुल्क एम्बुलेन्स सेवामार्फत हालसम्म ६ जनाले सेवा लिइसकेका बताए।जेसिजले सञ्चालन गरेको निःशुल्क एम्बुल