विवेकशील साझाको व्यास नगर समिति घोषणा, संयोजकमा सलमान

विवेकशील साझा पार्टीको व्यास नगर समिति घोषणा गरिएको छ ।  शनिबार दमौलीमा आयोजित भेलाले नगर समितिको संयोजकमा सलमान अलीलाई चयन गरेको छ ।विवेकशील साझा पार्टी तनहुँका संयोजक सागर घिमिरेको संयोजकत्वमा आयोजित भेलाले १९ सदस्यीय नगर समिति गठन गरेको छ । जसको सहसंयोजकमा विप्लता ढुङ्गाना, सदस्यहरूमा विरोध श्रेष्ठ, महमद गफार, सुशीलकुमार श्रेष्ठ, उमेश पौडेल, रुपेश पन्थ, हसिना वानु, खेमराज परियार, हमिफ महम्मद, टुकराज अधिकारी, सिकन्दर बक्स, आशा बस्नेत, सरस्वती कार्की आले, राजन सापकोटा, टिकाराम छिमाल,