धार्मिक र ऐतिहासिक क्षेत्र जोड्न र पर्यटन प्रवर्द्धनका लागि तनहुँको व्यास नगरपालिकाले तेस्रो व्यास नगर म्याराथनको आयोजना गरेको छ । यही फागुन २४ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला हाफ खुल्ला म्याराथन हुन लागेको हो । व्यास नगरपालिका-३ स्थित धार्मिक क्षेत्र व्यास गुफादेखि व्यास-११ ऐतिहासिकस्थल तनहुँसूरसम्मको २१ किलोमिटर दुरीमा दौड प्रतियोगिताको आयोजना गरेको व्यासका सूचना …