कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले आईपिओ निष्काशन अगाडी अगाडी हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको असार १३ गते सम्पन्न विशेष साधारणसभाले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।कम्पनीले १००:१८ अर्थात् १८ प्रतिशतले हुन आउने ५ लाख ५८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले साउन २० गतेदेखि भदौ २३ गतेसम्म ह्सेय्राधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।कम्पनीले आईपिओ निष्काशन प्रक्रिया पनि अगाडी बढाएको छ । कान्तिपुर टेलिभिजनले १०० रुपैयाँ अंकित दरका ७ करोड ५० लाख बराबरले हुन आउने ७ लाख ५० हजार कित्ता शेयर सर्बसा ।धारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको लागि सानिमा क्यैतललाई बिक्रि प्रबन्धक चयन गरिसकेको छ ।कम्पनीका अध्यक्ष कैलाश सिरोहियाले आफुहरुले १९ वर्षसम्म मेहनत गरेर दर्शकको विश्वास जितेको र अब यो सफलतामा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाएर शेयर निष्काशनको तयारीमा जुटेको बताएका छन् । कान्तिपुर टेलिभिजन नेटवर्क, नेपालको निजी क्षेत्रको लोकप्रिय टेलिभिजन स्टेशन हो । कान्तिपुर टेलिभिजनको मुख्य कार्यालय काठमाडौंको तीनकुने सुविधानगरमा अवस्थित छ । कान्तिपुर टेलिभिजनले आम सर्वसाधारणमा आफ्नो प्रविधि मार्फत निरन्तर रुपमा सूचना तथा जानकारी प्रदान गर्दै आइरहेको छ ।कान्तिपुर टेलिभिजनले वि.सं. २०६० असार २९ गते विधिवत रुपमा प्रसारण आरम्भ गरेको र सुरुमा टेरिस्टेल टावरबाट सूचना प्रवाह गर्दै आएकोमा वि.सं. २०६८ सालदेखि अटोमेसन प्रविधिमा स्तरोन्नति भएको थियो । कान्तिपुर टेलिभिजनले हाल हाइ डेफिनेसन प्रविधि (एचडी) लाई अवलम्बन गरेको छ । वि.सं. २०७४ मंसिर २७ गतेदेखि एचडी प्रविधिबाट विश्वका एक सयभन्दा बढी मुलुकमा प्रसारण भइरहेको कान्तिपुर टेलिभिजन युट्युब च्यानल र अनलाइनमा समेत हेर्न सकिन्छ ।