अपि पावरले चैत्र २५ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ३९.३६ प्रतिशत अर्थात् १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि चैत्र १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैशाख १५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले अपर चमेलिया आयोजनाको लागि रकम जुटाउन हकप्रद सेयर निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले फागुन २६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ। अपिले पहिल्यै ४ मेगावाटको चन्द्रपुर सोलार परियोजना संचालनमा ल्याईसकेको छ।अपिले थप ६२.५ मेगावाट बराबरको परियोजना आगामी बर्ष निर्माण सम्पन्नको तयारीमा छ। यसबाट कम्पनीले थप आम्दानी जुटाउन सक्ने छ।