नेपाल-चीन व्यापार अझै सहज भएन, दसैंलाई मगाएको सामान तिहारपछि मात्रै आउने

रसुवा - कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा सन्चालित आयात निर्यातलाई सहज बनाउन व्यापारीहरूले सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुधार हुन सकेको छैन ।  नेपालको रसुवागढी नाकाबाट चीनले अहिले कोटा प्रणालीअनुसार दैनिक नौ कन्टेनर सामग्री पठाइरहेको छ । …

सम्बन्धित सामग्री

हिल्सा नाकामा व्यापार व्यवसाय सहज नभएको व्यवसायीको गुनासो

सिमकोट – नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसाय गर्दै आएका नेपालीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन्। चीनले दुईतर्फी नाका सञ्चालनमा ल्याए पनि नेपाली सामान लिन नदिने र चीनबाट पनि सीमित सामान मात्र ल्याउन दिने गरेको बताउँदै व्यापारीले यस्तो गुनासो गरेका हुन्। हिल्साका व्यापारी कार्मा तण्डुप लामाले नाका सञ्चालनमा आएपछि व्यापार व्यवसाय […]

फुटपाथ व्यापारीको बिन्ती : ‘गरिबलाई नरुवाऊ, २ घण्टा व्यापार गर्न देऊ’

काठमाडौं : ‘घरजग्गा छैन, काठमाडौं महानगरले व्यापार गर्न पनि दिँदैन, लुट्न जान भएन, बच्चा पढाउनै पर्‍याे’, यो रोदन सुनाउने महिला हुन् कमला दाहाल। झापाकी दाहालले काठमाडौंमा बसेर फुटपाथ व्यापार थालेको १७ वर्ष भइसक्यो।काठमाडौं महानगरले व्यापार गर्न नदिएपछि उनी आइतबार आन्दोलनमा उत्रिइन्। आन्दोलन भइरहेको राष्ट्रियसभा गृहको गेटमा भनिन्, ‘हामीलाई बेलुका २ घण्टा मात्रै व्यापार गर्न दिए पनि सहज हुन्थ्यो।’उनीसँगै आन्दोलनमा आएकी झापाकै मीना तामाङको पनि सम

व्यापार पूर्वाधार : दर्जन स्थानमा बन्दैछन् सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी

आन्तरिक तथा बाह्य व्यापारलाई थप सहज बनाउन देशभर ‘व्यापार पूर्वाधार’ निर्माणको गति बढेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको नेतृत्वमा देशका विभिन्न स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी बन्ने क्रममा छन् ।वैदेशिक व्यापारतर्फको आयात÷निर्यातलाई सहज बनाउन भारत र चीनसँग सीमा जोडिएका नाकाहरूमा अत्याधुनिक सुविधासहितका जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाइएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले देशका केही स्थानमा सुक्खा बन्

सहकारीमार्फत चामल बिक्री हुँदा सहज

खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुम पश्चिमले जिल्लामा सहकारीमार्फत ६ वटै पालिकामा खाद्यान्न बिक्री वितरणको व्यवस्था गरेपछि स्थानीयलाई सहज भएको छ ।यसअघि कार्यालय परिसरबाट मात्र चामल बिक्रीवितरण भइरहेकोमा हाल गाउँ गाउँका सहकारीमार्फत चामल बिक्री वितरण हुन थालेपछि सदरमुकाम बाहिरका नागरिकलाई सहजता भएको हो । रुकुम पश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाले तीन महिनाको अवधिमा […]

व्यापार व्यवसायका लागि सहज वातावरण बनाई दिने गृहमन्त्रीको भनाइ

गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी […]

व्यवसायको लागि वातावरण सहज बनाइदिन सुरक्षा निकायलाई गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाइदिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन्। मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाणले कारोनाको कारणले...

चाडबाडले व्यापार सन्तोषजनक

महान चाड दसैं नजिकिँदै छ । दसैं नजिकिएसँगै बजारमा चहल पहल पनि बढेको छ । कोरोनाले थलिएको व्यापार सहज हुने आशामा व्यापारी छन् । कोरोनाको असर कम भएसँगै व्यापार पनि बढ्ने आशा व्यापारीहरूले गरेका छन् । नेपाल खुला सिमाना भएको मुलुक हो । खुला सिमाना भएकै कारण सीमावर्ती क्षेत्रका मानिस किनमेलका लागि सीमा पारि जाने […]

चाडबाडमा सोचेजस्तो छैन व्यापार

महान चाड दसैं नजिकिँदै छ । दसैं नजिकिएसँगै बजारमा चहल पहल पनि बढेको छ । कोरोनाले थलिएको व्यापार सहज हुने आशामा व्यापारी छन् । तर, पनि व्यापारीले आशा गरेअनुरूप व्यापार भने नभएको उनीहरू बताउँछन् । नेपाल खुला सिमाना भएको मुलुक हो । खुला सिमाना भएकै कारण सीमावर्ती क्षेत्रका मानिस किनमेलका लागि सीमा पारि जाने गरेका […]

‘व्यापार घाटा कम गर्न सहज निर्यात नीति आवश्यक’

विराटनगर । सरकारले निर्यात व्यापारका लागि आवश्यक तयारी गर्न नसक्दा मुलुकले व्यापार घाटा बेहोर्नुपरेको विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । निर्यात अभिवृद्धिको माध्यमबाट व्यापार घाटा न्यूनीकरण गर्न नेपाल सरकारले ल्याएको नेपाल व्यापार एकीकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुबारे उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सहभागीले यस्तो बताएका हुन् । व्यापार घाटा कम गर्न सरकारले सहज निर्यात नीति लिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । अन्तरक्रियामा संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमीकमजोरीको सुधार गरी आगामी नीति तय गर्नुपर्ने बताए । विश्वबजारमा मौलिक चिनारी बोकेका नेपाली वस्तुको माग भए तापनि निर्यातमा देखिएको प्रक्रियागत जटिलता, बढ्दो उत्पादन लागत तथा लजिष्टिक खर्च, ढुवानीको समस्या, कूटनीतिक पहलको अभाव लगायत कारणले अपेक्षित प्रगति नभएको उनको भनाइ छ । निर्यात प्रवद्र्धनमा देखिएका जटिलता सम्बोधन गर्नेगरी आगामी रणनीति आउनुपर्ने धारणा उनले राखे । कार्यक्रममा पूर्व अर्थसचिव एवं संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले नेपाल व्यापार एकीकरण रणनिति २०१६ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक व्यापार अभिवृद्धिमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने सबै क्षेत्रलाई समावेश गरी ‘इको सिस्टम’को विकास गर्नुपर्ने औंल्याए । आर्थिक विकासको मेरुदण्डका रूपमा रहेका आन्तरिक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी निर्यातलाई बढावा दिन सरकार–निजीक्षेत्रबीच सहकार्य हुनुपर्ने उनले बताए । राज्यले उद्योग व्यवसायको विकासका लागि सहज र सरल नीति निर्माण गरी सहजीकरण गर्नुपर्ने भन्दै उनले आवश्यक व्यवस्था सहितको व्यापार रणनीति तय गर्न कार्यक्रमबाट प्राप्त सुझाव महत्त्वपूर्ण रहेको अपेक्षा गरे । नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य अविनाश बोहराले निर्यात व्यापारको महत्त्वपूर्ण पक्षको रूपमा रहेको सिपिङ कम्पनी नहुनु, डिटेन्शनका नाममा अतिरिक्त खर्चको व्ययभार उद्योगले व्यहोर्नुपर्ने, अन्तरराष्ट्रियस्तरको मान्यता प्राप्त ल्याब नहुनु जस्ता कारण निर्यात व्यापार बढ्न नसकेको बताए । निर्यात अभिवृद्धिका लागि नीति निर्माणका साथैै पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने विचार उनले व्यक्त गरे । आर्थिक रूपमा नेपालभन्दा पछि रहेका मुलुकले निर्यात व्यापारमा गरेको परिवर्तन र प्रोत्साहनले उनीहरू निकै अघि बढिसकेको सहभागीहरूले बताएका थिए । कार्यक्रममा संगठनका पूर्वअध्यक्ष मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपीन कावरा लगायत कार्य समिति सदस्य, निर्यातकर्ता उद्यमी, महिला उद्यमी, युवा उद्यमी र विद्यार्थीको उपस्थिति थियो ।