व्यापार पूर्वाधार : दर्जन स्थानमा बन्दैछन् सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी

आन्तरिक तथा बाह्य व्यापारलाई थप सहज बनाउन देशभर ‘व्यापार पूर्वाधार’ निर्माणको गति बढेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको नेतृत्वमा देशका विभिन्न स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी बन्ने क्रममा छन् ।वैदेशिक व्यापारतर्फको आयात÷निर्यातलाई सहज बनाउन भारत र चीनसँग सीमा जोडिएका नाकाहरूमा अत्याधुनिक सुविधासहितका जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाइएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले देशका केही स्थानमा सुक्खा बन्

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र उद्योगमन्त्रीले गरे दोधारा चाँदनी सुक्खा बन्दरगाह अनुगमन

२ चैत, काठमाडौं । नेपाल सरकारबाट राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा स्वीकृत रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निर्माण हुने प्रस्तावित एकीकृत जाँच चौकी निर्माण स्थलको पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थलगत अनुगमन गरेका छन् । अवलोकन भ्रमणका क्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रस्तावित […]

सुक्खा बन्दरगाह सञ्चालन गर्न बोलपत्र आह्वान

सुक्खा बन्दरगह-एकीकृत जाँच चौकी सञ्चालक कम्पनी छनौटको लागि समितिको छुट्टै टर्मिनल पट्टा वहालमा दिने सम्बन्धी नियमावली, २०७० रहेको छ।...

सुक्खा बन्दरगाह सञ्चालन गर्न बोलपत्र आह्वान

सुक्खा बन्दरगह-एकीकृत जाँच चौकी सञ्चालक कम्पनी छनौटको लागि समितिको छुट्टै टर्मिनल पट्टा वहालमा दिने सम्बन्धी नियमावली, २०७० रहेको छ।...

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह

सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ।...

मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाहको आज अवलोकन भ्रमण गरेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्री बडूलाई जानकारी गराएका हुन् । मन्त्री बडूले काठमाडौँ केन्द्रित व्यवसायीका लागि सुक्खा बन्दरगाहमार्फत, एकीकृत जाँच चौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्थालगायतका […]

आईसीपी–सुक्खा बन्दरगाह विस्तार : प्रक्रियागत ढिलासुस्तीले बढ्दै लागत

वैदेशिक व्यापार सहजीकरणका लागि वीरगञ्जमा सञ्चालित पूर्वाधारको क्षमता विस्तार गर्न जग्गा अधिग्रहणका लागि दोस्रो चरणको मुआब्जा बितरण शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारदेखि एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाहबीचको ६२ बिघा जग्गाको मुआब्जा वितरण थालेको हो । यी दुई संरचनाको बीचमा रहेको जग्गा अधिग्रहण गरेर पूर्वाधार बढाउने योजना सरकारले राखेको छ । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब रुपैयाँ थप बजेट निकासा गरेपछि दोस्रो चरणको मुआब्जा बाँड्न शुरू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमे...

नेपालगञ्जमा सुक्खा बन्दरगाह निर्माणको काम धमाधम हुँदै

मंसिर २७, बाँके । बाँकेको नेपालगञ्जमा एकीकृत जाँच चौकी (सुक्खा बन्दरगाह) निर्माणको काम अहिले धमाधम शुरु भएको छ । भारत र नेपालबीच भएको सम्झौताबमोजिम नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सुक्खा बन्दरगाह बन्न लागेको हो । बन्दरगाह निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमिन अधिग्रहण गरेको छ ।  अधिग्रहण गरिएको कुल जग्गामध्ये ६७ बिघा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने तथा बाँकी २४ बिघा जग्गा बाटोका लागि छुट्याइएको छ । नेपालकोतर्पmबाट सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख छ ।  सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गामात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारकोतर्पmबाट हुने सम्झौता छ । सम्झौताको १० वर्षपछि नेपालको तर्फबाट निर्माणको काम अघि बढाइएको छ । सो निर्माण कार्य दुई वर्षभित्र सक्ने योजना रहेको छ ।  भारत सरकारले आफ्नातर्फ २०७५ पुसदेखि नै निर्माणको काम शुरु गरिसकेको संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगञ्जका होमनाथ भुसालले जानकारी दिए । बन्दरगाह निर्माणका लागि कुल रू. दुई अर्ब ३५ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।  सो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । सुक्खा बन्दरगाहमा मालसामान आयात निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुनेछन् ।  लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढदै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयातनिर्यातलाई सहज व्यवस्थापन गर्न सुक्खा बन्दरगाह कोशेढुंगा सावित हुने विश्वास गरिएको छ । रासस

वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो । आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको […]

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने

काठमाडौं, साउन ३ । सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार पार्न नेपाल इन्टरमोडल यातायात विकास समितिलाई अनुमति दिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मुख्यगरी सुदूरपश्चिम क्षेत्रको विकास, व्यापार विस्तार र सोको व्यवस्थापन गर्न […]

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने

सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार पार्न नेपाल इन्टरमोडल यातायात विकास समितिलाई अनुमति दिएको छ ।नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मुख्यगरी सुदूरपश्चिम क्षेत्रको विकास, व्यापार विस्तार र सोको व्यवस्थापन गर्न कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण गरिने सुक्खा बन्दरगाहको ‘डीपीआर’ र ‘ईआईए’ गर्न वन तथा वातावरण मन्त्