काठमाडौं : ‘घरजग्गा छैन, काठमाडौं महानगरले व्यापार गर्न पनि दिँदैन, लुट्न जान भएन, बच्चा पढाउनै पर्याे’, यो रोदन सुनाउने महिला हुन् कमला दाहाल। झापाकी दाहालले काठमाडौंमा बसेर फुटपाथ व्यापार थालेको १७ वर्ष भइसक्यो।काठमाडौं महानगरले व्यापार गर्न नदिएपछि उनी आइतबार आन्दोलनमा उत्रिइन्। आन्दोलन भइरहेको राष्ट्रियसभा गृहको गेटमा भनिन्, ‘हामीलाई बेलुका २ घण्टा मात्रै व्यापार गर्न दिए पनि सहज हुन्थ्यो।’उनीसँगै आन्दोलनमा आएकी झापाकै मीना तामाङको पनि सम