स्थानीय तहको चुनावको मिति घोषणा भएपछि पार्टीका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जाल र चोकमा बसेर उम्मेदवारी घोषणा गर्न थालेपछि नेपाली कांग्रेसले सचेत गराएको छ ।
कांग्रेस सन्धिखर्क नगर कार्यसमितिका सभापति बाबुराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा छलफल र परामर्श विना आफूखुशी उम्मेदवार घोषणा गर्ने/गराउने कार्य नगर्न अपिल गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘लोकतान्त्रिक पद्धतिमा आफ्नो चाहनाअनुसार उम्मेदवारी प्रस्तुत गर्नु अस्वाभाविक नभए पनि पार्टीको विधि र नियमलाई सबै नेता तथा कार्यकर्ताहरूले पालना गर्दा स्...