काठमाडौं : नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविन थालेको छ।कांग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो। समितिको सदस्यमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी छन्।समितिको शुक्रबार बसेको पहिलो बैठकले तोकिएको मितिभित्र प्रक्रिया पुर्याई क्रिया