नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडाले अटो व्यवसायीहरुले ग्राहक ठगी गरेको भन्दै भ्रम सिर्जना गरेको आपत्ति जनाएको छ। सवारी साधनहरुको मुनाफा सम्बन्धमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट अनुगमन हुँदा कालोबजारी ऐन,२०३२ बमोजिम बढी मुनाफा भयो भन्ने सम्बन्धमा आफूहरुको ध्यानाकर्षण भएको नाडाले जनाएको छ। नेपाली नागरिकले स्वतन्त्र रुपमा व्यापार व्यवसाय गर्न पाउने संवैधानिक हकको…