काठमाडौँ : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गरेको छ। जारी प्रदर्शनीमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाकाे सहभागिता छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीको पनि उत्साहजनक सहभागिता देखिएको छ। कोरोना महामारी र आयात प्रतिबन्धका कारण हुन नसकेको नाडा अटो सो यो वर्ष गरिएको हो। प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० स्टल र ब्लक छन्। प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी