कोरोनाभाइरस विरुद्धको अभियानका क्रममा लकडाउन गरेर नेपाल भारत सीमाना सिल गरिएपछि धेरै नेपाली सीमापारि फसेको र धेरै भारतीय नागरिक सीमावारि फसेको हुँदा एक सहमति गरेर दुवै देशका नागरिकलाई आआफ्नो देश पठाइएको छ ।
बाँके प्रशासन र भारतको बहराईच जिल्ला प्रशासनबिच भएको सहमति अनुसार दुवै देशका नागरिकलाई आआफ्नो देशमा पठाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।