सुपर दोर्दी ‘ख’को विद्युत असारबाट राष्ट्रिय ग्रिडमा थपिँदै
लमजुङको दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको विद्युत असारबाट राष्ट्रिय ग्रीडमा थपिने भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाले २०८० साल असारभित्र...
लमजुङ– लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको ५४ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले सम्पन्न गरेको आयोजनाको विद्युत केही दिन अघि राष्ट्रिय ग्रिडमा थपिएको हो । आयोजनाको निर्माण पूरा गरी परिक्षण सफल भएपछि ग्रिडमा जोडेर परिक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । आयोजनाबाट […]
लमजुङ– लमजुङको दोर्दी खोलामा निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले माघबाट विद्युत उत्पादन थाल्ने भएको छ । आयोजनाको ८८ प्रतिशत निर्माण सम्पन्न भएसँगै माघबाट व्यावसायिक विद्युत उत्पादन गर्ने आयोजनाका सञ्चालक अर्जुन गौतमले बताए । आयोजनाबाट यसअघि ०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो । गत १ असार राति दोर्दी खोलामा आएको भीषण बाढीले […]
नेपाल विद्युत प्राधिकरणले प्रिमियममा आईपिओ निष्काशन गर्ने भएको छ । आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । प्राधिकरणको क्रेडिट रेटिंग भईसकेकोले अब प्रिमियममा आईपिओ निष्काशन गर्ने प्रक्रिया बढाईने उनले बताए । त्यस्तै कोभिडका कारण प्रभावित भएका जलविद्युत आयोजनाको अनुमति पत्रको अवधि २ वर्ष थप गरिने भएको छ । यस्तै सार्वजानिक निकायले विद्युतीय गाडी खरिद गर्नु पर्ने ब्यबस्था गरिने उनले बताए । उनले आगामी आर्थिक वर्षमा १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तल्लो सान्जेन, सोलु, दुध कोशी, तल्लो सोलु, सुपर दोर्दी लगायतका आयोजना आगामी आर्थिक वर्ष सम्पन्न गरि आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली थप गरिने उनले बताए ।उनले एलपी ग्यास छोडौ, विद्युती जोडौ अभियान संचालन गरिने बताए । त्यस्तै उनले एलपी ग्यासको अनुदान हट्ने र ३ महिना भित्र सिंहदरबारबाट ग्यास हट्ने बताए । उनले उर्जाको लागि कुल ७५ अर्ब बिनियोजन गरिएको बताए । मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ ।
लमजुङको दोर्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दोर्दी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेका ५ वटा जलविद्युत आयोजनाबाट यति विद्युत उत्पादन हुने भएको हो । निजी क्षेत्रको २४ अर्ब लगानीमा दोर्दी बेसिनमा ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२.५ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ र ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।निर्म
लमजुङ– दोर्दीखोलामा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले असार ०७९ भित्र बिजुली उत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको सुपरदोर्दी ’ख’ का प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । उनका अनुसार आयोजनाको विद्युत गृहको सिभिल संरचना पूरा गरी उपकरण जडान गरिरहेको छ । उनले यसै […]
लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट सुपर दोर्दी ख जलविद्युत आयोजनाले विद्युत प्रशारण लाइनको परिमार्जित वातावरणीय परीक्षण गर्ने भएको छ । गत वर्ष आएको बाढीका कारण प्रसारण लाइनमा क्षति पुगेपछि पुनर्निर्माणका लागि परिमार्जित वातावरणीय परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।आयोजनाले राष्ट्रिय प्रसारणलाइन निर्माण गरेको दोर्दी गाउँपालिका–६ र ७ अन्तर्गत क्षेत्रमा क्षति पुगेपछि पुनर्निर्माणका लागि पुनः […]
आईपिओ निष्काशनको तयारीमा रहेको पिपुल्स हाइड्रोपावर कम्पनीले प्रत्याभूतिकर्ता चयन गरेको छ । कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता चयन गरेको हो ।प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा पिपुल्स हाइड्रोको तर्फबाट प्रवन्ध संचालक केशव बहादुर रायमाझी तथा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार यदि कम्पनीले निष्काशन गर्ने आइपिओ पुनर रुपमा बिक्रि नभएमा बिर्की नभएको आईपिओ नागरिक लगानी कोषले खरीद गर्ने छ । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशन प्रस्ताव पारित गर्न मङ्सिर २३ गते क्वालिटी बैंक्वेट बुद्धनगरमा साधारणसभा आह्वान गरेको छ। सभामा आईपिओ निष्काशन गर्ने तथा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई गाभ्ने प्रस्ताव पारित हुने छ ।सभामा सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने , आ.व. २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र शेयर पूजीमा भएको परिवर्तन लगायत अन्य अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने , आ.व. २०७८।०७९ को लागी लेखा परिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध पत्रको दफा ६ (ख) (ग) (घ) संशोधन तथा दफा ८ मा उपदफा (३) थप र नियमावलीको नियम २८ संशोधन गर्ने, सर्वसाधारण शेयर (IPO) जारी गर्ने , आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर जारी गर्ने , सर्वसाधारण शेयर जारीवाट प्राप्त हुने रकम पूँजी उपयोग गर्ने सम्बन्ध र पिपुल्स हाइड्रोपावर कम्पनी लि.मा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लि.लाई मर्जर गर्ने (गाभ्ने सन्दर्भमा भए गरेका सम्पुर्ण प्रकृया अनुमोदन गरी सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लि.लाई मर्जर गर्ने (गाभ्ने) र यस प्रकृयामा नियमनकारी निकायबाट कुनै फेर बदल गर्न, संशोधन गर्न, थपघट गर्न लगायत अन्य निर्देशन प्राप्त भएमा सो कार्यहरु समेत गर्न यस कम्पनीको संचालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छन्। सुपर दोर्दी इन्भेष्टमेन्टले पिपुल्स हाइड्रोमा गाभिने प्रस्ताव सहित मङ्सिर ३० गते साधारणसभा आह्वान गरेको छ ।कम्पनीले आईपिओ निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले लमजुङ्ग जिल्लामा ५४ मेगावाटको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ निर्माण गरीरहेको छ । पिपुल्स हाईड्रोपावर कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी यस आयोजना निर्माण गरिरहेको हो ।