नेपाल विद्युत प्राधिकरणले प्रिमियममा आईपिओ निष्काशन गर्ने

नेपाल विद्युत प्राधिकरणले प्रिमियममा आईपिओ निष्काशन गर्ने  भएको छ । आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । प्राधिकरणको क्रेडिट रेटिंग भईसकेकोले अब प्रिमियममा आईपिओ निष्काशन गर्ने प्रक्रिया बढाईने उनले बताए  । त्यस्तै कोभिडका कारण प्रभावित भएका जलविद्युत आयोजनाको अनुमति पत्रको अवधि २ वर्ष थप गरिने भएको छ  । यस्तै सार्वजानिक निकायले विद्युतीय गाडी खरिद गर्नु पर्ने ब्यबस्था गरिने उनले बताए । उनले आगामी आर्थिक वर्षमा १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तल्लो सान्जेन, सोलु, दुध कोशी, तल्लो सोलु, सुपर दोर्दी लगायतका आयोजना आगामी आर्थिक वर्ष सम्पन्न गरि आगामी आर्थिक वर्ष ७१५ मेगावाट बिजुली थप गरिने उनले बताए ।उनले एलपी ग्यास छोडौ, विद्युती जोडौ अभियान संचालन गरिने बताए । त्यस्तै उनले एलपी ग्यासको अनुदान हट्ने र ३ महिना भित्र सिंहदरबारबाट ग्यास हट्ने बताए । उनले उर्जाको लागि कुल ७५ अर्ब बिनियोजन गरिएको बताए । मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

सम्बन्धित सामग्री

कर्मचारीहरूको सिर्जनशीलता प्रवर्द्धनमा नेपाल विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले कर्मचारीहरूको साहित्यिक सिर्जनशीलता प्रवद्र्धन गर्न मुक्तक तथा गजल लेखन प्रशिक्षण चलाएको छ।...

कर्मचारीहरूको सिर्जनशीलता प्रवर्द्धनमा नेपाल विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले कर्मचारीहरूको साहित्यिक सिर्जनशीलता प्रवद्र्धन गर्न मुक्तक तथा गजल लेखन प्रशिक्षण चलाएको छ।...

एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै

५३५ प्रतिनिधि काठमाडौमा काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ । महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन । दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना […] The post एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीका यी स्थानमा शुक्रबार विद्युत आपूर्ति बन्द हुने

गुल्मी – गुल्मीका विभिन्न स्थानमा भोलि (शुक्रबार) विद्युत आपूर्ति बन्द हुने भएको छ। बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जनाएको हो। नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घासका अनुसार रिडीदेखि बिरवाससम्म ३३ केभी लाइनको नजिक पर्न गएका रुखका हाँगाबिगा काट्ने कार्य गर्ने भएकोले बिहान ८ बजेदेखि साँझ […]

गुल्मीका विभिन्न स्थानमा शुक्रबार विद्युत आपूर्ति बन्द हुने

गुल्मी– गुल्मीका विभिन्न स्थानमा भोलि विद्युत आपूर्ति बन्द हुने भएको छ । बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जनाएको हो । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घासका अनुसार रिडीदेखि बिरबाससम्म ३३ केभी लाइनको नजिक पर्न गएका रुखका हाँगाबिगा काट्ने कार्य गर्ने भएकोले बिहान ८ बजेदेखि साँझ […]

नेपाल विद्युत प्राधिकरण ३८ औं वर्षमा (फोटोफिचर)

नेपाल विद्युत प्राधिकरण स्थापना भएको ३७ वर्ष पुरा भएको छ । आजदेखि विद्युत प्राधिकरण ३८ औं वर्ष प्रवेश गरेको हो ।यसैबीच आज प्राधिकरणले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा ३७ औं वार्षिकोत्सव मनाउने क्रममा कैद गरिएका तस्वीरहरूलाई यहाँ समावेश गरेका छौं :

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ।...

मुगुमा शनिबारदेखि एक हप्ता विद्युत अवरुद्ध

मुगु- मुगुमा आगमी शनिबारदेखि एक हप्तासम्म विद्युत बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाड जलविद्युत आयोजनाको बालैमा रहेको इन्टेकमा समस्या भएको हुँदा मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँमा १२ चैत बिहान ८ बजेदेखि १९ चैतसम्म विद्युत सेवा अवरुद्ध हुने भएकाे छ । नेपाल विद्युत प्राधिकरण […]

उद्योगहरूले तिरेनन् डेडिकेटेड फिडर विद्युत लाइन प्रयोगबापत रकम

हेटौंडाका उद्योगहरूले डेडिकेटेड फिडर विद्युत लाइन प्रयोगबापत रकम नतिरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, हेटौंडाले जनाएको छ।

नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गर्ने दुई जना पक्राउ

धनुषा- मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका-७ बस्ने महोत्तरी बर्दिवास नगरपालिका-१२ घर भएका ३७ वर्षीय नथु भन्ने मनिराज परियार र मिथिला नगरपालिका-६ बस्ने ढल्केबरस्थित एमके मेटल स्टोरका संचालक ६९ वर्षीय नन्दकिशोर ताम्राकार रहेका छन् । विद्युत […]