पिपुल्स हाइड्रोपावरको प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीले लमजुङ्ग जिल्लामा निर्माण गर्न लागेको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मे.वा. निर्माण गरीरहेको र सोमा लगानी गर्न आवश्यक स्वपुँजी समेत लगानी गर्न आफ्नो जारी पुँजी दुई अर्ब ७५ करोड मध्ये ८२ करोड ५० लाख बराबरको रु.१०० अंकित दरको ८२ लाख ५० हजार कित्ता सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको ला

सम्बन्धित सामग्री

बिन्ध्यबासिनी हाइड्रोपावरको पहिलो चरणको आईपिओ आजदेखि बिक्रि खुला

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज बैशाख ११ गतेबाट पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले पहिलो चरणमा लमजुङ र कास्कीका स्थानीयलाई १० करोड मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्बको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागिएको जनाएको छ । १० लाखमध्ये ७ लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिकाको वडा नम्बर ८ र ९ का स्थानीय बासिन्दाहरुका लागि छुट्टाइएको छ ।बाँकी ३ लाख कित्ता सेयर लमजुङको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीयका लागि छुट्याईएको छ । यस आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले बैशाख २५ गते गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा वा माग अनुसारको आवेदन नपरेको खण्डमा जेठ ९ गतेसम्म आईपीओको बिक्री खुला रहनेछ ।स्थानीयले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । स्थानीयबासिले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा र सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की र बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा र बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।