सरकारले दाल, गेडागुडी, धान र गहुँ आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउने निर्णय गरेलगत्तै बजारमा चामल र दालको मूल्य बढ्यो । अहिले प्रायः सबै चामलको मूल्य बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य किलोमै ६ रुपैयाँ बढाएको छ । साल्टले नुन स्टकमा राखेर मूल्य बढाएको हो । तर यसबारे नियमन भएको छैन ।