काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा जारी छ । बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका वकिलहरुसँग छलफल भएको समितिका सदस्य प्रमोद साहले जनाए । बैठकमा नेपाल बार एशोसियशनका पूर्वअध्यक्षहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, सर्वोच्च बारको अध्यक्ष पूर्णमान शाक्य, बारको पूर्वमहासचिव लिलामणी पौडेल, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, रमण श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, अञ्जिता खनाल, […]