५ दिनदेखि पानीपुरी-चटपटे व्यापार ठप्प

ललितपुर महानगरले हैजा नियन्त्रण गर्ने भन्दै ठेलागाडा र रिक्सामा पानीपुरी तथा चटपटे व्यापार गर्न रोक लगाएको छ । रामेछाप लिखु गाउँपालिकाकी ३६ वर्षीया टीकामाया श्रेष्ठले ठेला बन्द गरेको ५ दिन बित्यो । महानगरले ठेला राख्न नदिएकै कारण बालकुमारी बसपार्कमै चटपटे र पानीपुरी बेचेर गुजारा चलाइरहेकी गीता साह दम्पतीको पनि व्यापार ठप्प बनेको छ ।

सम्बन्धित सामग्री

चोभार सुक्खा बन्दरगाहबाट अझै खुलेन चीनसँगको व्यापार

९ चैत, काठमाडौं । सरकारले प्राथमिकता दिई निर्माण गरेको चोभारस्थित सुक्खा बन्दरगाहबाट पछिल्लो आठ महिनामा ६५ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । तर, निर्यात ठप्प छ । सरकारले संरचना निर्माण गरे पनि यसको सञ्चालनका लागि आवश्यक पूर्वतयारीका काम समयमै सम्पन्न नगर्दा अपेक्षित व्यापार हुन सकेको छैन । चोभार सुक्खा बन्दरगाहमा अहिले […]

सुनसान हुम्लाको हिल्सा नाका, व्यापार व्यवसाय ठप्प

हुम्ला । चीनको स्वसासीत क्षेत्र तिब्बतसँग जोडिएको हुम्ला जिल्लाको एक मात्र व्यापारिक नाका हिल्सा यतिखेर सुनसान भएको छ । यस जिल्लाका व्यपारिकसहित स्थानीयवासी चिसोको कारण उक्त नाकामा बस्न छोडेपछि व्यपार व्यवसाय ठप्प भएको स्थानीय पासाङ तामाङले बताए । हाल उक्त नाकामा बिओपीका जवान नाका प्रहरी चौकीका जवान र घर कुरुवाहरुसहित २२ जना मात्र बसोबास गर्दै […] The post सुनसान हुम्लाको हिल्सा नाका, व्यापार व्यवसाय ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ठप्प व्यापार, कठिन अर्थतन्त्र

बैंकहरूले यस महीनाबाट लागू हुने गरी निक्षेपको ब्याजदर घटाएका छन् । कर्जाको ब्याजदर घट्न अझै केही समय लाग्नेछ । बजारलाई प्रभाव पार्ने ब्याजदरबाहेक अन्य पक्ष पनि रहेका हुन्छन्, जस्तो बैंक दर, मुद्रास्फीति, राजनीतिक अवस्था आदि । व्यापारको अवस्था अहिले खस्कँदो छ । आफैनो व्यापार व्यवसाय विक्रीमा राख्ने जमात पनि प्रशस्त देखिन्छ । व्यवसाय विक्रीमा राखेर विदेशिने जमात पनि बढ्दो छ । व्यवसाय हुन व्यापार हुन आवश्यक छ, व्यापार हुनलाई ग्राहक चाहिन्छ । ग्राहक भन्नाले किन्ने इच्छा र क्षमता राखेको व्यक्ति भनेर बुझिन्छ । अहिले ग्राहकमा इच्छा छ तर क्षमता न्यून छ । व्यापार नहुनुमा सर्वसाधारणले खर्च गर्न सक्ने क्षमता गुमाएको अवस्था भनेर बुझ्न सकिन्छ । ग्राहकको जनसंख्या घटेको होइन, तर ग्राहकको खर्च गर्न सक्ने क्षमता घटेको हो । सर्वसाधारणले खर्च गर्ने आधारभूत क्षेत्र भनेको शिक्षा, स्वास्थ र दैनिक घरगृहस्थी हो । अहिले शिक्षा निकै महँगो भएको छ, काठमाडौंमा बस्ने मध्यम वर्गीय परिवारले मासिक १०–१५ हजारसम्म आफैनो एउटा बच्चा पढाउन मात्र खर्च गर्नुपर्छ । एकपटक बिरामी भएर अस्पताल भर्ना हुँदा ३० देखि ५० हजारसम्म सहजै खर्च हुन्छ । विलासी वस्तुको खरिद तब मात्र हुन्छ, जब आधारभूत वस्तुको माग पूरा हुन्छ । मान्छे तब मात्र नयाँ लुगा किन्न तत्पर हुन्छ जब उसले दुई छाक खान, आफैना छोराछोरीको विद्यालयको शुल्क तिर्न र स्वास्थ्यका लागि खर्च जुटाउन सक्छ । यही खर्च जुटाउन नसक्दा कठिनाइ छ भने उसले नयाँ कपडा, घरजग्गा वा फर्निचरजस्ता क्षेत्रमा आफैनो बजेट छुट्याउँदैन । आज व्यापार तिनै विलासी वस्तु मात्र घटेको छ । अस्पताल, शिक्षा, खाद्यान्न वस्तुहरूका व्यापारी अहिले पक्कै पनि मारमा छैनन् । उपभोक्ताले आधारभूत मागहरू प्राप्त गरेपश्चात् मात्र अन्य मागतर्फ प्रवेश गर्छ भन्ने बारे अब्राहम मास्लोले सन् १९४३ मै उल्लेख गरिसकेका थिए । के पुष्टि हुन्छ भने बजारमा ग्राहक हराएका होइनन्, उनीहरूको प्राथमिकतामा परिवर्तन आएको हो । ग्राहकहरू हिजोझैं खर्च गर्न किन सकिरहेका छैनन् त ? कि त ग्राहकको आम्दानी घट्नुपर्‍यो, कि बजार महँगिनुपर्‍यो । अहिलेको अवस्थामा ग्राहकको आम्दानी केही हदसम्म घटेको हुन सक्छ । व्यापारीहरूले नै आफैनो व्यापार नहुँदा आफू मातहतको कर्मचारीहरूलाई जागीरबाट निकालेको प्रशस्त उदाहरण छँदै छन् । त्यसबाहेक पनि कोभिडकालीन समयमा ठूलो मात्रामा सर्वसाधारणले बेरोजगारी भोग्नुपर्‍यो । उक्त समयमा विदेशिने नेपालीहरूमा पनि कमी आयो, जसले गर्दा विप्रेषण सोही मात्रामा आउन सकेको थिएन । यसरी सर्वसाधारणको खर्च गर्न सक्ने क्षमता खुम्चिँदै गयो । बैंकले लगाएको चर्को ब्याजले गर्दा पनि खर्च गर्न सक्ने क्षमता खुम्चिँदो अवस्थामा पुर्‍याएको छ भन्न सकिन्छ । बजार महँगिएको विषयलाई नकार्न मिल्दैन । विगत केही वर्षमा बजारको मूल्य आकाशिएको छ । बिहान उठेर प्रयोग गरिने दन्तमञ्जनदेखि बेलुका सुत्ने बेला टाँगिने झुलसम्मको मूल्य विगत केही वर्षमा मात्र दोब्बर भएको छ । बाहिर गएर खाना वा खाजा खाँदा लाग्ने रकम विगत केही वर्षमा मात्र दोब्बर भएको छ । भूकम्प, नाकाबन्दीदेखि कोभिडलाई बहाना बनाएर बढाइएको मूल्य त्यसपश्चात् कहिले घटेन र बजार महँगो नै रही रह्यो । अहिलेको महँगीको भार हरेक भान्छामा अनुभव गर्न सकिने अवस्था छ । मध्यमवर्गीय बाहुलता रहेको नेपाली समाजमा अहिले महँगी चुनौतीपूर्ण विषय बनिरहेको छ । बैंकको ब्याजदर होस्, घरबेटीको भाडा होस् या फलफूल र सब्जीको मूल्य होस्, सबैलाई महँगीले समाएकै छ । समस्या यही दुई विषयको अन्तरमा छ । एकतर्फ सर्वसाधारणको आय नबढ्नु, अर्कोतर्फ महँगीले एउटा चरण पार गर्नु । तलब वृद्धि नभएको होइन तर जुन गतिमा भइरहेको छ, त्यो अनुपातमा मूल्य वृद्धि भएको छैन । कछुवाको गतिमा तलब वृद्धि हुनु र खरायोको गतिमा मूल्य वृद्धि हुँदा सर्वसाधारणको खर्चयोग्य रकम संकुचित भएको छ । यसले गर्दा व्यवसायले आफैनो ग्राहक गुमाउनुपर्ने अवस्था आएको बुझ्न सकिन्छ । हिजो त्यही वस्तु आफैनो आम्दानीबाट किन्न सक्ने हैसियत राखेका नेपाली सर्वसाधारण, आज उक्त वस्तु किन्न नसक्ने अवस्थामा पुगेका छन् । नेतृत्वलाई ज्ञान नहोला तर यो महँगीले कतै न कतै सबैको स्तर खस्काएकै छ । बासमती चामल प्रयोग गर्नेहरू जिरा मसिनो राम्रो भन्नु, दुईओटा तरकारी प्रयोग गर्नेहरू एउटामा झरिसकेको अवस्था छ । हिजो चार जोर वार्षिक लुगा किन्न सक्ने क्षमता भएकाहरू आज दुई जोरमा चित्त बुझाउन थालेपछि स्वाभाविक रूपमा व्यवसाय र व्यापार कम भएको आकलन गर्न सकिन्छ । अर्थतन्त्रको चक्रीय फेरोमा यो अवस्था आउनु एउटा सामान्य अवस्था हो । तर, यो तत्काल समाधान पक्कै हुँदैन । बैंकहरूले ब्याजदर घटाउँदैमा समग्र समाधान तत्काल हुँदैन । सर्वसाधारणको आय बढ्न आवश्यक छ महँगीसँग सामना गर्नलाई । राजस्व खुम्चिएको यस अवस्थामा सरकारले तलब बढाउन पनि सक्दैन, जसले गर्दा तलब बढ्दैन र महँगी यथावत् या झन् बढ्छ । वैदेशिक ऋण लिएर सरकारले तलब बाँड्ने कुरा पनि हुँदैन । यस अवस्थाबाट उम्किन महँगी नियन्त्रण गर्न र आय बढाउन समग्र पहल सबै पक्षबाट आवश्यक छ । आखिर सबै आफैनो जीवनस्तर वृद्धिको अपेक्षा र रहर बोकेकै हुन्छ, परिश्रम गरिनै रहेका हुन्छन् । राजनीतिक र आर्थिक माहोलले उक्त अवस्था तत्काल सृजित गरिदिनुपर्ने अभिभारा राज्यले वहन गर्न सक्नुपर्छ । रेग्मी बैंकर हुन् ।

चुनावले चहलपहल घट्दा काठमाडौंका धेरै व्यापार-व्यवसाय ठप्प

२९, वैशाख, काठमाडौं । चुनावका कारण ठूलो संख्या मतदाता बाहिरिएपछि बिहीबार काठमाडौं सुनसानजस्तै बन्यो । मानवीय चहलपहल घटेपछि धेरैजसो साना तथा ठूला व्यापार व्यवसाय पनि ठप्प बनेको व्यपारीहरुले बताएका छन् । लत्ता कपडा, सुन चाँदी, खाद्यान्न, तरकारी र सौन्दर्य सामग्रीको व्यापार प्राय ठप्प भएको व्यवसायीहरुको भनाइ छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार उपत्यकाको […]

औद्योगिक क्षेत्रमा चौबिसै घण्टा विद्युत् ठप्प

पछिल्लो दुई दिनदेखि पूर्वसूचनाविना नै मोरङको औद्योगिक क्षेत्रमा चौबिसै घण्टा विद्युत् आपूर्ति ठप्प भएपछि उद्योगी–व्यवसायी विरोधमा उत्रिएका छन् । तीन व्यावसायिक संस्थाहरू मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग...

तालिबानले भारतसँगको व्यापार रोकेपछि बढ्यो ड्राईफ्रुटको भाउ

तालिबानले काबुलमा दुई दशकपछि कब्जा जमाएलगत्तै भारत र अफगानिस्तानबीचको व्यापार ठप्प भएको छ ।  फेडरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेसनले बुधवार जनाएअनुसार, तालिबानले व्यापार रोकेको हो । पाकिस्तान हुँदै आउने कार्गो तालिबानले रोकेकाले दुई देशबीचको व्यापार ठप्प बनेको हो ।  भारत अफगानिस्तानको सबभन्दा ठूलो पार्टनर हो र उसले सन् २०२१ मा साढे ३८ करोड डलर बराबरको सामान निर्यात गरेको थियो । भारतले अफगानिस्तानबाट लगभग ५१ करोड डलर बराबरको सामान आयात गरेको छ ।  भारतले अफगानिस्तानबाट सबभन्दा धेरै आयात गर्...

अफगानी स्थानीय आदिवासीले सीमा अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प

कराँची- अफगानिस्तानको खुगखेलमा स्थानीय आदिवासीहरुले सीमाक्षेत्र अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प भएको छ । अफगानिस्तानको खुगखेलका स्थानीय आदिवासीहरुले तोर्खाम सीमामा प्रदर्शन गर्दै सडक अबरुद्ध गरेपछि पाकिस्तानको व्यापारमा असर पुगेको हो । यसले अफगानिस्तानसँग पाकिस्तानको व्यापारमा असर पुगेको छ । क्षेत्रीय सुरक्षा निकायले आफ्ना मुख्य चार बुँदे मागहरु पुरा नगरेसम्म सीमामा प्रदर्शन जारी राख्ने खुगखेलका स्थानीय […]

ठमेल क्षेत्र अझै ठप्प

काठमाडौं, असार २७ । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र भने अझै पनि सुनसानकै अवस्थामा छ । चहलपहल बढेका स्थानहरूमा चहलपहल बढेसँगै व्यापारले पनि गति लिइरहेको छ । तर, ठमेल क्षेत्रको व्यापार भने शून्य नै रहेको यहाँका व्यापारीहरूले बताएका छन् । पर्यटक आए मात्र चल्ने ठमेलको […]

बंगलादेशसँगको व्यापार ठप्प

नेपाल-बंगलादेश व्यापारको एक मात्र नाका काँकडभिट्टाबाट दुई महिनादेखि व्यापार ठप्प छ । ११ चैतमा लकडाउन सुरु