चुनावले चहलपहल घट्दा काठमाडौंका धेरै व्यापार-व्यवसाय ठप्प

२९, वैशाख, काठमाडौं । चुनावका कारण ठूलो संख्या मतदाता बाहिरिएपछि बिहीबार काठमाडौं सुनसानजस्तै बन्यो । मानवीय चहलपहल घटेपछि धेरैजसो साना तथा ठूला व्यापार व्यवसाय पनि ठप्प बनेको व्यपारीहरुले बताएका छन् । लत्ता कपडा, सुन चाँदी, खाद्यान्न, तरकारी र सौन्दर्य सामग्रीको व्यापार प्राय ठप्प भएको व्यवसायीहरुको भनाइ छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार उपत्यकाको […]

सम्बन्धित सामग्री

सीमापारिका बजारमा नेपालीको चहलपहल : जनकपुरधाममा व्यापार व्यवसाय प्रभावित

सीमापारिका बजारमा नेपालीको चहलपहल : जनकपुरधाममा व्यापार व्यवसाय प्रभावित

सीमापारिका बजारमा नेपालीको चहलपहल : जनकपुरधाममा व्यापार व्यवसाय प्रभावित

सीमापारिका बजारमा नेपालीको चहलपहल : जनकपुरधाममा व्यापार व्यवसाय प्रभावित

रहेन ‘बाजेको मालाखेती बजार’ !

बाजेका पालकाको बजारका रुपमा रहेको मालाखेती हाटमा ४० को दशक अघिसम्म खुबै चहलपहल थियो। व्यापार व्यवसाय फस्टाएकै थियो। तर, जब पूर्व–पश्चिम राजमार्ग सुचारु भयो, त्यसपछि भने बिस्तारै बजार सर्दै गयो। मालाखेती सुनसान बन्दै गयो।...

दसैँ सुरु : नयाँ बसपार्कमा यात्रुको चहलपहल बढ्यो

हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो ।देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान सुरु गरेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको हो । घटस्थापना सुरु भएसँगै आजदेखि घर जानेमा अधिकांश बालबाल

दसैँ सुरु भएसँगै नयाँ बसपार्कमा यात्रुको चहलपहल बढ्यो

हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो । देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका […]

बर्खा लागेसँगै मेलम्चीको व्यापार व्यवसाय सुस्त

सिन्धुपाल्चोक- गत वर्षको बाढीबाट तङरिँदै गरेकोे मेलम्ची बजारको चहलपहल फेरि हराउन थालेको छ । दैनिक रु एक करोडसम्मको कारोबार हुने सिन्धुपाल्चोककै प्रमुख व्यापारिक केन्द्र मेलम्ची बजारमा बर्खा लागेसँगै यातायात सञ्चालन तथा मानिसलाई आवतजावत गर्न पुल नहुँदा व्यापार व्यवसायमा पनि धक्का लागेको छ । सोही कारण मेलम्ची बजारको रौनकता हराउँदै गएको छ । चार गाउँपालिकाको व्यापारिक […]

मेलम्चीको व्यापार, व्यवसाय बर्खा लागेसँगै सुस्त

गत वर्षको बाढीबाट तङरिँदै गरेको मेलम्ची बजारको चहलपहल फेरि हराउन थालेको छ । दैनिक एक करोडसम्मको कारोबार हुने सिन्धुपाल्चोककै प्रमुख व्यापारिक केन्द्र मेलम्ची बजारमा बर्खा लागेसँगै यातायात सञ्चालन तथा मानिसलाई आवतजावत गर्न पुल नहुँदा व्यापार व्यवसायमा पनि धक्का लागेको छ । सोही कारण मेलम्ची बजारको रौनकता हराउँदै गएको छ । चार गाउँपालिकाको व्यापारिक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा पसलबाट दैनिक करोडको हाराहारीमा कारोबार हुन्थ्यो । गत वर्षको बाढीले कारोबार एकै झट्कामा झण्डै

गाउँ घरमा चहलपहल बढ्यो : सहर सुनसान बन्दै

काठमाण्डाै - काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्कन थालेसँगै गाउँघरमा चहलपहल बढेको छ । गएको ११ गते अग्रिम टिकट बुकिङ सुरु भएदेखि नै दशैँ मनाउन घर फर्कनेहरु बढ्न थालेका हुन् । फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्त्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । त्यही भएर फूलपातीको दिनसम्म  बढी यात्रु बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ । विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो । घटस्थापनादेखि आज बिहान सात बजेसम्...

गाउँमा दसैंको चहलपहल, सदरमुकाम सुनसान

दसैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढी भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी तथा कतिपय सरकारी कर्मचारी जिल्ला बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान […]

निषेधाज्ञापछिको पोखरा : चहलपहल बढ्यो, बढेन व्यापार व्यवसाय

कास्की । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञा खुलेसँगै पोखराका बजारमा चहलपहल बढेको छ । तर, व्यापारिक कारोबार भने नबढेको गुनासो व्यवसायीले गरेका छन् । सर्वसाधारणको बढ्दो आगमनले केही उत्साहित बनाए पनि व्यवसायमा खासै सुधार नभएको पोखराको पृथ्वीचोकस्थिते ‘अर्चना एन्ड फ्रेन्ड्ली कलेक्सन’का सञ्चालक किरण बञ्जाराले बताए । ‘बजारमा आवतजावत गर्नेहरू बढेका छन्, तर सामान खरीद गर्न नै आउनेहरू निकै थोरै छन्,’ उनले भने, ‘कपडा पसल मात्र होइन, भाँडाकुडा, मोबाइल, होटल÷रेष्टुराँ लगायत कुनै पनि पसल, व्यवसायमा ग्राहक कम देखिएका छन् ।’ २० वर्षदेखि पृथ्वीचोकमा फेन्सी व्यवसाय गर्दै आएका बञ्जाराले कोरोना संक्रमणका कारण सर्वसाधारको आम्दानीको स्रोत गुमेकाले व्यवसाय चलायमान हुन नसकेको बताए । ‘मानिसको क्रयशक्तिमा ह्रास आएकाले त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको हो,’ उनले भने, ‘बजार चलायमान हुन सर्वसाधारणको आम्दानीको स्रोत पनि दिगो र नियमित हुनुपर्छ ।’ पोखरा पृथ्वीचोककै अर्का व्यवसायी विजय पाठकको अनुभव पनि बञ्जाराको जस्तै छ । ५ महीनापछि निषेधाज्ञा खुलेर बजारमा मानिसको चहलपहल बढे पनि व्यवसाय मन्दीमै रहेको उनले बताए । ‘कोरोना महामारीका हजारौंले रोजगारी गुमाए, आयस्रोत बन्द भयो,’ उनले भने, ‘त्यो अवस्था अझै सहज बनिनसकेकाले बजारमा किनमेल गर्ने ग्राहक घटेका हुन् ।’ अहिले पसलमा फाटफुट्ट मात्रै ग्राहक आएको उनले बताए । कोरोनाका कारण मानिसको किनमेल गर्ने शैलीमा समेत परिवर्तन आएको बुझाइ उनको छ । पछिल्लो समय अनलाइमार्फत किनमेल गर्नेहरू बढेकाले पनि पसल नै चहारेर किन्नेहरू घटेको हुन सक्ने उनको भनाइ छ । यस्तै बजारमा चहलपहल बढ्दा समेत फलफूल किन्ने ग्राहक घटेको ‘पोखरेल फलफूल पसल’का सञ्चालक रोमप्रसाद पोखरेलले बताए । फलफूल व्यवसाय कोरोना संक्रमणअघिको अवस्थामा पुगिनसकेको उनको भनाइ छ । ‘बजारमा मानिसको चहलपहल निकै बढेको छ,’ उनले भने, ‘तर तुलनात्मक रूपमा कारोबार भने निकै कम छ ।’ एक दशकदेखि फलफूल व्यवसाय गर्दै आएका पोखरेलले कोरोना महामारी हटेर अवस्था सामान्य नबनेसम्म व्यवसाय पुरानै लयमा फर्किन नसक्ने बताए । ‘मौसम अनुसारका फलफूल मण्डीबाट ल्याएर राख्छु, तर फलफूल किन्ने ग्राहक नआउँदा कयौंपटक फाल्नुपरेको छ,’ उनले भने । पृथ्वीचोकमै खाद्यान्नको व्यापार गर्ने केदार श्रेष्ठ पनि व्यापारमा उत्साह नदेखिएको बताउँछन् । ‘मानिसको चहलपहल निकै बढेको छ, तर किनमेल गरेको देखिँदैन,’ उनले भने । यद्यपि पछिल्लो समय कोभिड संक्रमण घट्दै गएको, खोप लगाउनेहरू बढेको र ठूला चाडपर्व समेत नजिकिएकाले व्यापार व्यवसाय बढ्ने आशा गरेको उनले बताए ।