इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालन हुँदै

सिन्धुपाल्चोक (अस) । ७ दशमलव ५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् केन्द्रले पुनः उत्पादन शुरू गर्ने तयारी गरेको छ । असार १ गते हेलम्बु–मेलम्ची क्षेत्रमा गएको बाढीले क्षति पुर्‍याई बन्द रहेको सो आयोजना एक÷दुई दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको केन्द्रका निमित्त प्रमुख इन्जिनियर वसन्तलाल कर्णले जानकारी दिए । बाढीले बगाएको चारओटा टावर पुनर्निर्माण गरी विद्युत् उत्पादन सुचारु गर्न लागिएको उनले बताए बाढीले जलविद्युत् केन्द्रको तिपेनीस्थित बाँधमा पनि क्षति पु¥याएको थियो । डेढ महीना उत्पादन बन्द हुँदा ३ करोड आम्दानी गुमेको र पुनर्निर्माणमा १ करोड २० लाख खर्च भएको कर्णले बताए । बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनर्निर्माण गर्न नसकिएको केन्द्रले बताएको छ । हिउँदमा गरिने पुनर्निर्माणका लागि थप ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ । मुख्य संरचना सुरक्षित भए पनि बाँध र बाँधको गेटमा बाढीले क्षति पु¥याएको प्रवद्र्धक नेशनल हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । ‘बाँधको गेटमा पुगेको क्षतिको मर्मत भइसकेको छ,’ उनले भने, ‘ठूलो लागतमा पुनर्निर्माण गर्नुपर्ने काम भने हिउँमा शुरू हुन्छ ।’