काठमाडौं: लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच सीमा विवाद उत्कर्षमा पुगेका बेला भारत सरकारले तत्काल वार्ता नगर्ने निर्णय गरेको भारतीय मिडियाहरुले दाबी गरेका छन्।
विवाद समाधानका लागि नेपालले यथाशीध्र वार्तामा जोड दिए पनि भारतीय मन्त्रिपरिषद्को सुरक्षा समिति (सीसीएस)ले कालापानी मुद्दामा कुनै वार्ता र सम्वाद नगर्ने निर्णय लिएको