काठमाण्डाै - चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयपछि चीनले यस्तो प्रतिक्रिया जनाएको हो । नेपालमा रहेको चिनियाँ दूतावासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैँले स्पष्ट पारिसकेको उल्लेख गरेको छ ।‘सन् १९६० को दशकमा नै नेपाल र दुई देशले मैत्रीपूर्ण छलफलबाट सीमा विवाद हल गरिसकेको छ,’ चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले भन्नुभएको छ । केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उ...