साढे ३० मिटरको पुल । ६ मिटरको चौंडाइ । सुन्दा सामान्य लागे पनि स्थानीयको भाग्य परिवर्तन गर्न यसले महत्त्वपूर्ण भूमिका खेलेको छ । क्व्होलासोंथार गाउँपालिका ५ सिङ्दीका सोमबहादुर गुरुङका अनुसार गाउँसम्म आउने सडक र बेंसी रुदी खोलामा पुल बन्नुअघि छिमकी गाउँ पसगाउँबाट आउन घिर्नी प्रयोग गर्नुपर्थ्यो ।