२५ वैशाख, काठमाडौं । सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टी विभाजन हुने कुनै संभावना नरहेको निष्कर्ष निकालेका छन् ।
जनता समाजवादी पार्टी, नेपाल विभाजित भएकाले एकीकृत समाजवादी पनि फुट्न सक्ने चर्चा चलेको थियो । सार्वजनिक …
काठमाडौं, १३ असोज । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद भानुभक्त जोशीले पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट नभएको दाबी गरेका छन् ।‘पार्टीका बैठकहरुमा नेताहरुको कुरा सुन्दा खासै समस्या देखिँदैन । हामी एउटा पार्टीबाट विद्रोह गरेर नयाँ रुपमा आएकाले सचेत छौं भन्नुहुन्छ । तर मिडियामा आउँदाखेरि अर्कै झझल्को आउने गरेको […]
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले विभाजन नगर्न गरिएको आग्रह स्मरण भइरहेको बताएका छन् । एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरूसहितका १० सांसदले आज ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएका हुन् । ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय […]
काठमाडौं, १९ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले एमसीसी संशोधन नगरिकन पास गर्न सकिँदैन भनेर लामो समयदेखि भनेको स्मरण गराए । आफूहरुमात्रै एमसीसी पास वा फेलको लागि निर्णायक शक्ति नभएको पनि उनले सुनाए । उनले आफ्नो पार्टीले एमसीसी पारित नगरेको जिकिर गरे । बरु, आफूहरुले यसलाई सच्याउनको लागि महत्वपूर्ण भूमिका खेलेको […]
काठमाडौं, पुस ६ । नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो। भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय […]
नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो।भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर कमिटी बनाएको र त्यसमा सहभागी नेताहरूलाई नै जिम्मेवारी दिइएको छ।कतिपय स्थानमा एमालेबाट असन्तुष्ट नेताहरूलाई समेट्न
नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् ।
एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिक...
विराटनगर : प्रदेश १ का १४ जिल्लाका स्थानीय तहका १६३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्। यस प्रदेशमा १ महानगरपालिका‚ २ उपमहानगरपालिका‚ ४६ नगरपालिका र ८८ गाउँपालिका रहेका छन्। जसका १ हजार १५७ वडा छन्।पार्टी विभाजन भएपछि दल रोज्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र दुई जिल्ला समन्वय समितिका प्रमुखसहित १६३ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन्।प्रदेश १ को सबै बढी जनप्रतिनिध भएका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा एम
६ भदौं, काठमाडौं । आठ महिना लामो मतभेद र अन्तरसंघर्षपछि २ भदौदेखि नेकपा एमाले विभाजन वैधानिक प्रक्रियामा गएको छ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रियामा छ । तर नयाँ दल दर्ता गराइरहँदा माधव नेपालले आफ्नै समूहका प्रभावशाली नेताहरुको साथ पाउन सकेनन् । नवौं महाधिवेशनबाट निर्वाचित सात पदाधिकारी […]