सुदूरपश्चिम प्रदेश अध्यक्ष शाहीले छाडे एकीकृत समाजवादी, आत्मग्लानि भएको प्रतिक्रिया

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टीको सातौँ स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो। शाहीले आजबाट कुनै दलसँग आबद्ध नरहेको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘२०५४ सालमा वामदेव फुटबाट पनि शक्ति प्राप्त हुन्छ” भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उहाँको पछि लागे। गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्व