विराटनगर : प्रदेश १ का १४ जिल्लाका स्थानीय तहका १६३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्। यस प्रदेशमा १ महानगरपालिका‚ २ उपमहानगरपालिका‚ ४६ नगरपालिका र ८८ गाउँपालिका रहेका छन्। जसका १ हजार १५७ वडा छन्।पार्टी विभाजन भएपछि दल रोज्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र दुई जिल्ला समन्वय समितिका प्रमुखसहित १६३ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन्।प्रदेश १ को सबै बढी जनप्रतिनिध भएका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा एम