सेयर बजारमा देखिएको अन्योल

सरकारले गत सोमबार आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । बजेटमा सेयर बजारले अपेक्षा गरेअनुकूलको बजारमैत्री नीति नपरेपछि बजेट सार्वजनिक भएको भोलिपल्ट (मङ्गलबार) भएको कारोबारमा नेप्सेमा एकाएक ५३.१६ अङ्कको गिरावट आयो । बुधबार भने ३८.८३ अङ्कको गिरावटले निरन्तरता पायो । साताको अन्तिम दिन बिहीबार भने बजारको गिरावट थामिएर १६.५४ अङ्कको बढोत्तरीसहित नेप्से एक हजार ८६६.६४ को बिन्दुमा झरेको छ । बजेटमा पुँजीगत लाभकर

सम्बन्धित सामग्री

सेबोन नेतृत्व र बजारको गति

नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाउनु र सेयर बजार तीव्र गतिमा बढ्नु संयोगमात्र हुन सक्दैन । केही दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडा बहिर्गमनको हल्ला गरेर बढाइएको सेयर बजारमा अहिले भने पुँजी बजारप्रति जानकार र सकारात्मक मानिएका भीष्म ढुंगाना नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका रुपमा चयन भएसँगै बजारको उकालो यात्रा रोकिएको छैन । बिहीबारमात्र बजारले १३ सय अंक नाघेको छ र एकैदिन १ अर्ब ७० करोडको कारोबार भएर उत्साह जगाएको छ । यसले लामो समयदेखि निराश लगानीकर्ताको मुहारमा खुसी त ल्याएको छ तर यो कति दीर्घकालीन हुन्छ भन्नेमा चाहिँ अन्योल नै छ ।

धितोपत्र बोर्डकै कारण सेयर बजार अन्योल

नेपाल धितोपत्र बोर्डले हाल प्रचलित अभ्यासभन्दा झन्झटिलो कामलाई सेमीअनलाइनको नाम दिएर प्रयोगमा ल्याएपछि लगानीकर्ता अन्योलमा परेका छन् । बोर्डले ब्रोकरलाई अनलाइन अर्डर दिने विषयलाइ स्पष्ट नपर्दा बजारमा चलखेलसमेत बढेको छ । बोर्डले अनलाइन कारोबार प्रणाली र हाल सुरु भएको सिस्टममा एपीआईबाहेक केही फरक नभएको जनाएको छ ।

ब्रोकर आन्दोलित

मंसिरको अन्तिम साता आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले तीन वटा कम्पनीलाई १५ दिनभित्र भ्याट तिर्न पत्र पठाएपछि फेरि बजारमा अन्योल छाएको छ । अघिल्लो साता फेरि भ्याटको भूतले सेयर बजारमा निरासा ल्याएको छ । सेयर बजार लगातार घटेर १५०८ को हारारहारीमा आइसकेको छ ।