नेपाल धितोपत्र बोर्डले हाल प्रचलित अभ्यासभन्दा झन्झटिलो कामलाई सेमीअनलाइनको नाम दिएर प्रयोगमा ल्याएपछि लगानीकर्ता अन्योलमा परेका छन् । बोर्डले ब्रोकरलाई अनलाइन अर्डर दिने विषयलाइ स्पष्ट नपर्दा बजारमा चलखेलसमेत बढेको छ ।
बोर्डले अनलाइन कारोबार प्रणाली र हाल सुरु भएको सिस्टममा एपीआईबाहेक केही फरक नभएको जनाएको छ ।