काठमाण्डौ – प्रदेश नम्बर १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच विभिन्न परियोजना अघि बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझादारी पत्रमा प्राधिकरणका तर्फबाट निर्देशक डाक्टर सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ ।
सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा वित्तीय तथा प्राविधिक सहकार्य त...