साउन १२, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेड बीच शहरी पूर्वाधार विकासका लागि सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
शहरी पूर्वाधार विकास अन्तर्गत प्राविधिक र आर्थिक सम्भाव्यता अध्यन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवस्य सहयोग, लगानीको संरचना तय गर्नेलगायतका आवस्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी शहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयन सम्बन्धि कार्य अगाडी बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सो कार्य गर्नका लागि पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवस्य सहयोग पुरयाउने उद्देश्य लिई, सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित उक्त कम्पनीले पाँचखाल नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरे सँगै आगामि दिनमा मुलुकका अन्य प्रदेश एवं स्थानीय सरकारहरुरनिकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य रहेको बताएको छ ।