निर्माण सुरु भएको सात वर्षमा पनि बनेन पुल

सुर्खेत :  निर्माण सुरु भएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका –१० र रुकुम पश्चिम आठबीसकोट –५ स्यालाखदी जोडिन सकेको छैन।  २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धरा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्न सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो। पटक–पटक थपिएको म्याद गरी २०७७ पुस ३० भित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म एक भागको पिल्लर मात्रै बनेको छ।  सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन ...

सम्बन्धित सामग्री

भरतपुर–बर्दघाट प्रसारण लाइन १३ वर्षमा सम्पन्न

निर्माण सुरु भएको १३ वर्षमा भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११, आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को...

तीन वर्षमा सक्नुपर्ने काम नौ वर्ष लागेपछि…

बागलुङको धौलागिरि अस्पताल भवन निर्माण सुरु भएको नौ वर्षपछि बल्ल पूरा हुनेभएको छ । विसं २०७० मा आशिष-मिलेनियम र भीमज्योति जेभीले तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौताको नौ वर्षमा पनि सम्पन्न हुन नसकेको हो । निर्माण कम्पनीले रू १० करोड छ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा …

१३ वर्षमा जम्मा १९ किलोमिटर सडक निर्माण !

रुपन्देहीको सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक निर्माण सुरु भएको १३ वर्षमा जम्मा १९ किलोमिटर निर्माण सम्पन्न भएको छ । २०६६ सालदेखि सुरु भएको सडक निमार्णको काम बजेट अभाव देखाउँदै प्रत्येक वर्ष सुस्त बनेको हो ।खासगरी लुम्बिनीका पर्यटकलाई बाग्लुङको ढोरपाटन  आरक्षणसम्म जोड्नको उद्देश्यले सडक निर्माण सुरु गरे पनि काम भने निकै सुस्त गतिमा भएको छ । जम्मा १९७ किलोमिटर सडकमध्ये विगत १३ वर्षको अवधिमा जम्मा १९ किलोमिटर मात्रै पिच गरिएको छ । ग्राभेलको काम ७२ किलोमिटर भएको छ । कच्च

एक वर्षमा नै तयार भयो पिप्ले क्याम्पा रंगशाला

हेटौंडामा निर्माण सुरु गरिएको एक वर्षमै मिनी रंगशाला तयार भएको छ । पिप्ले युवा क्लबको अगुवाइमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एक वर्षमा नै पिप्ले क्याम्पा रंगशाला तयार पारिएको हो ।निर्माण भएको पिप्ले क्याम्पा रंगशालाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडाअध्यक्ष राजेश बानियाँले उद्घाटन गरेका छन् । रंगशालाको उद्घाटन गर्दै मेयर महतले विकास निर्माण र खेलकुदको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले थुप्रै काम गरेको बताए । उनले जनताको पक्षम

निर्माणमा लापरवाही: आठ वर्षमा बल्ल बन्दै धवलागिरि अस्पतालको भवन

बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ। तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो।

डाेटीमा पुल निर्माण सुरु भएको आठ वर्षमा २० प्रतिशत मात्रै काम सम्पन्न

डोटी – डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा मोटरेबल पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।  तीन वर्षभित्र बनाइसक्ने गरि सम्झौता भएको पुल  ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै सम्पन्न भएको छ । विसं २०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएकोमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय, कुलपातेले जनाएको छ । विसं २०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सड...

दुई वर्षमा सक्नुपर्ने सडक सात वर्षमा पनि नबनेपछि

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कमलविनायकदेखि भत्केको पाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर सडक विस्तारका लागि २०७१ असार २ गते नेकपा माओवादी अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको सैलुङ्ग कन्स्ट्रक्सन …

सुन्दर सपना,फितलो कार्यान्वयन

गत आर्थिक वर्षमा सम्भाव्यताअध्ययन गरेर निर्माण सुरु गर्ने भनेका आयोजनाको न सम्भाव्यता अध्ययन भयो,न निर्माण सुरु भयो।...

अर्को वर्षसम्म तीन सुरुङको निर्माण सुरु गर्ने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा नागढुंगा-नौबीसे सुरुङ मार्गबाहेक थप तीन सुरुङको निर्माण थाल्ने भएको छ। सरकारले सिद्धबाबा, लामाबगर र धरान-लेउती सुरुङलाई आगामी वर्ष निर्माण सुरु गर्ने भएको हो। यसमध्ये सिद्धबाबाको टेण्डर आह्वान भइसकेको छ, लामाबगरको टेण्डर प्रक्रियामा छ र धरानको सुरुङको निर्माणसमेत अगाडि बढाइने भएको छ। बाँकी ९ सुरुङको सम्भाव्यता अध्ययन गर्ने बताइएको छ।