रुपन्देहीको सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक निर्माण सुरु भएको १३ वर्षमा जम्मा १९ किलोमिटर निर्माण सम्पन्न भएको छ । २०६६ सालदेखि सुरु भएको सडक निमार्णको काम बजेट अभाव देखाउँदै प्रत्येक वर्ष सुस्त बनेको हो ।खासगरी लुम्बिनीका पर्यटकलाई बाग्लुङको ढोरपाटन आरक्षणसम्म जोड्नको उद्देश्यले सडक निर्माण सुरु गरे पनि काम भने निकै सुस्त गतिमा भएको छ । जम्मा १९७ किलोमिटर सडकमध्ये विगत १३ वर्षको अवधिमा जम्मा १९ किलोमिटर मात्रै पिच गरिएको छ । ग्राभेलको काम ७२ किलोमिटर भएको छ । कच्च