घुस रकम सहित इन्जिनियर पक्राउ

सेवाग्राहीसँग घुस रकम लिँदा लिँदै तनहुँका एक जना कर्मचारी बुधबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई (शिक्षा) का इन्जिनियर सुरेन्द्र अधिकारी हुनुुहुन्छ । सदरमुकाम दमौली, मालपोत लाईन स्थित भिरकोट रेष्टुरेन्टबाट सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले प्रकाउ गरेको हो । भानु नगरपालिका–५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४ लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिन अधिकारीले घुस मागेको अख्तियारले जनाएको छ । घुस मागेपछि प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको थियो ।

सम्बन्धित सामग्री

घुससहित वडा अध्यक्ष पक्राउ

जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष तारा कार्की घुस रकम सहित सोमबार पक्राउ परेका छन्।

दुई लाख घुस लिन आएका प्रहरी लेखापाल पक्राउ

काठमाडौं : जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विष्ट घुस रकमसहित रंगेहात समातिएका छन्। घुस रकम लिन काठमाडौं आएका नायव निरीक्षक (सब-इन्स्पेक्टर) विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो। उनले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीबाट २ लाख लिएका हुन्। सोही रकम लिन काठमाडौं आएका उनलाई नयाँ बानेश्वरको एक रेष्टुरेन्टबाट १ लाख ५० हजार रूपैयाँको चेक र ५० हजार रूपैयाँ नगदसहित अख्तियारले नियन्त्रणमा

थुनुवा छुटाइदिने भन्दै घुस रकम माग्ने व्यक्ति पक्राउ

दाङ- थुनुवा छुटाइदिने भन्दै घुस रकम लिने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय, दाङमा रहेका थुनुवा छुटाइदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिने तुलसीपुर उपमहानगरपालिका-८ का २० वर्षीय प्रतिक बस्नेतलाई प्रहरीले पक्राउ गरेकाे हाे। जिल्ला प्रहरी कार्यालय, दाङमा रहेका थुनुवाहरू छुटाइदिने भन्दै अभिभावकसँग ५० हजार घुस लिने बस्नेतलाई प्रहरीले प्युठानकाे बिजुवारबाट […]

३ लाख घुस सहित विद्यालयका प्रधानाध्यापक पक्राउ

रौतहट । रौतहटको इशनाथ नगरपालिकाको एक विद्यालयका प्रधानाध्यापक र सोही बिद्यालयका कार्यालय सहयोगी तीन लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । इशनाथ नगरपालिकाको घिउराटोलमा रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान […] The post ३ लाख घुस सहित विद्यालयका प्रधानाध्यापक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर घुससहित रङ्गे हात पक्राउ

रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेका छन्।...

प्रहरीलाई घुस दिन खोज्ने २ किशोर पक्राउ

घुस दिन खोज्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ स्थित सहिदगेटमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त चेकप्वाइन्टमा घुस दिन खोज्ने २ किशोरलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ घर भएका २० वर्षीय राकेश खटिक र १९ वर्षीय अजय खटिक छन् । लु.२० प ८६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले ब्लुबुक र लाइसेन्स माग्दा ५०० रुपैयाँ घुस रकम अफर गरेका थिए ।

घुस लिएको आरोपमा असई र जवान पक्राउ

एक महिलासँग ९० हजार रूपैयाँ घुस लिएको आरोपमा असई र जवान पक्राउ परेका छन् ।  प्रहरी वृत्त बौद्धको टोलीले असई सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।  उनका अनुसार उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।  बौद्धकी एक महिलालाई लागूऔषधमा रहेको सूचना आफूहरूसँग रहेको र पैसा नदिए पक्राउ गर्ने धम्कीसहित घुस रकम लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए ।

उदयपुरमा प्रहरीलाई २५ हजार घुस दिन खोज्ने पक्राउ

घुस दिन खोजेको आरोपमा उदयपुर प्रहरीले मदिरा कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीलाई २५ हजार घुस रकम अफर गरेपछि त्रियुगा नगरपालिका–११ बस्ने टिका बहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।साउन ३ मा प्रहरीले ज.१च १५४६ नम्बरको बोलेरो पिक अपमा ल्याएको भन्सार छलीको सामान नियन्त्रणमा लिएको थियो । सो सामान छुटाउन बस्नेतले प्रहरी कर्मचारीलाई घुस अफर गरेका थिए । मदिराजन्य सामग्री छुटाउन घुस दिन खोज्ने बस्नेतलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका एसपी सुवासचन्द्र

घुस रकमसहित जिल्ला अदातल रुपन्देहीका २ जना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला अदालतका २ जना नापी निरीक्षक घुस रकमसहित नियन्त्रणमा लिएको छ ।  आयोगले अदालतका नापी निरीक्षकद्वय सुमित चौलागाईं र मनोज थापालाई ५ हजार घुस रकम सहित शुक्रवार पक्राउ परेका हुन् । आयोगले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । रुपन्देही कोटहीमाई गाउँपालिका वडा नम्बर १ बोगडियाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।